हजारौं फूल चाहिदैन मलाई तिमी भए पुग्छ-©अधुरो मन्जिल

हजारौं फूल चाहिदैन मलाई तिमी भए पुग्छ । अरु खुशी चाहिदैन मलाई माया नै काफी हुन्छ । त्यो मुटुको कुनाभित्र लुक्न देउ सधै मलाई । पाइलाहरु डग्मगाए आउनु तिमी हात बढाइ । स्वार्थी दुनियाँ चाहिदैन मलाइ तिमी भए पुग्छ । अरु खुशी चाहिदैन मलाई माया नै काफी हुन्छ । ढुङ्गा झैं कठोर नहुनु, मेरो मायालाइ नभुल्नु...

हात हल्लाई जानेलाई, बिदा गरी आएँ-“गजल” ©अधुरो मन्जिल

हात हल्लाई जानेलाई, बिदा गरी आएँ । यहि एउटा ज्यान पनि, आधा पारी आएँ । सुनको महल रोज्नेलाई, बधाई छ मेरो । मुरी मुरी धन्यवादको, मुख फोरी आएँ । माछो माछो भो भ्यागुतो, छैन केही पछुतो । किनार लाग्छु भन्नेलाई, खोला तारी आएँ । मुलको पानी बेशी झर्यो, बिसौनामा म छु । भोक प्यास सुस्केरामा, त्यसै टारी...

“परिचय“ अधुरो मन्जिल

  तिमी भुगोल हौ । दुनियाँ रमाउने, तिमी ब्रह्माण्ड हौ । दुनियाँ अटाउने । तिम्रो त्यो सुन्दरता, भुगोलको नर्थपोल जस्तै । ईश्वरको अनुपम सृष्टि तिमी । सङ्गमरमर जस्तै उज्याली । लाखौं कि धड्कन तिमी । गुलियो चकलेट जस्तै । बस्!!!तिम्रो जिन्दगीमा म त फगत एउटा, चकलेटको खोल भएँ । भुगोल बाहिरको, ब्लाकहोल भएँ । न ईश्वरको सृष्टि छ । न तिम्रो नै दृस्टी छ । अध्ययन गर मलाई...

“एकल यात्री” ©अधुरो मन्जिल

(१) एकादेशमा, एउटा यात्री थियोे । एकल यात्री । सहयात्रीको खोजीमा, पानी बिना माछा जस्तै । रानी बिना राजा जस्तै । तड्पिरहेको थियो । भड्किरहेको थियो । कैले उकाली कैले ओराली । कैले भञ्ज्याङ् अनि चौतारी । दौडिरहेको थियो, जिबनको खेलमा । अनायास उसका पाइलाहरु रोकिए । कुनै एउटा मोडमा, लाखौं अनि करोडमा । मन मिल्ने साथी पायो । सबैभन्दा जाती पायो । नाउँ थियो,मन्दोदरी रावणकि होइन, रामकी । मायालुको...

“जिन्दगी बगेको खोला जस्तो छ” अधुरो मन्जिल पाँचखाल-६, काभ्रे”

"गजल" जिन्दगी बगेको खोला जस्तो छ। यसैगरी सधैँ रोला जस्तो छ।। फुलले भन्छ नछुनु काँडामा। माया बेलुनको लोला जस्तो छ।। नबुझ्नेलाई बुझाऊँ कसरी ? सोह्र दुने आठ होला जस्तो छ ।। मुटुभित्र खिल नै खिल छ्न । अरिङ्गालको गोला जस्तो छ ।। त्यसैले त यो मन आजभोली । धतुरो खाएको भोला जस्तो छ ।। आशैआशमा फिरन्ते जिन्दगी । जोगीले बोकेको झोला जस्तो...

कयौं सयौं तला डोरीमा झुन्डिएर “निरु न्यौपाने”

कयौं सयौं तला डोरीमा झुन्डिएर ! खुशी छु त्यहि पैसाले तिमिलाई सुख किन्दिएर !! बिदाई मा खबर संगै पैसा मागेकी थियौ ! ठुलो गुण लगाए छिमेकिले ऋण दिएर !! दु:ख त मैले तिम्रै लागि हो गरेको ! बाँच्न बिर्सिएछु तिमिलाई रात अनि दिन दिएर !! राम्री त सारै थियौ पुर्णिमाको जुन जस्तै ! झन राम्री बनाए पसिनाको...

” भ्यालेन्टाइन होइन उ, डायन लाग्छे ” ( अधुरो मन्जिल )

" भ्यालेन्टाइन होइन उ, डायन लाग्छे " बल्झिएका छन, मनमा अनेकौं घाउहरु ! घाउहरु,बितृस्णाका घेराहरुमा ठोक्किरन्छ्न !! प्रश्नहरु रुमल्लिन्छ्न ! अनि खुल्छ एउटा कोचिङ्ग सेन्टर !! अबिस्बासको ! मेरी मायालु होइन उ, शंकालु लाग्छे !! भ्यालेन्टाइन होइन उ, डायन लाग्छे ! अल्झिएका छ्न, द्रब्यमा उसका पाउहरु ! द्रब्यहरु,मृगतृस्णाका बोराहरुमा निशासिन्छन !! बासनाहरु जन्मिन्छ्न ! अनि खुल्छ एउटा नाटक घर !! पर्दाफासको ! प्यारी...

रहर गरेउ गजल सुन्न पाउँन् गार्हो हुन्छ ! ” गणेश चौलागाईं “

गजल रहर गरेउ गजल सुन्न पाउँन् गार्हो हुन्छ ! स्वार्थी दुनीयामा चोखो माया लाउँन् गार्हो हुन्छ !! यता जाउँ उता जाउँ अलमल्ल छु म त ! देउराली मा भेट्नलाई धाउँन गार्हो हुन्छ !! ठाढा भईयो धेरै टाढा समीप बस्न चाहे पनी ! अस्ताएको खुसी फेरी उदाउन गार्हो हुन्छ !! लेख्नै लाई त के भयो र गजल लेख्न...

युद्ध जित्नेलाइ, सलाम छ “अधुरो मन्जिल”

युद्ध जित्नेलाइ, सलाम छ । बुद्ध बुझ्नेलाइ, कलम छ । आइ लाग्नेलाई जाइ लाग्छ । गोर्खालीको छोरो फलाम छ । बगाउ युवा, तातो रगत । देशप्रेमिलाइ, मलम छ । मनपरी भो, देशको नीति । राजनीतितन्त्र, हलम छ । तराई पहाड, फाटो आयो । छिमेकमा साथी, हराम छ । रगत एउटै, रातो हो नि । जात धर्म किन, गरम छ । सुन्दर शान्त,...

माया गर्नु त बहाना रहेछ ” © अधुरो मन्जिल “

माया गर्नु त बहाना रहेछ । स्वार्थीहरुको जमाना भएछ । नडुब मायाको गहिराईसम्म । माया त भाग्यको खजाना रहेछ । आजभोलि तिमी भएछौ बेग्लै । दुखमा पनि छाडिदियौ एक्लै । मेरो मान्छे भन्थ्यौ तर हिजोसम्म । माया त सस्तो खेलौना रहेछ । नडुब मायाको गहिराईसम्म । माया त भाग्यको खजाना रहेछ । झरेको फूलझैं उदास एक्लै । तिमी आउने आशाहरु सांच्दै...