तिमी भुगोल हौ ।
दुनियाँ रमाउने,
तिमी ब्रह्माण्ड हौ ।
दुनियाँ अटाउने ।
तिम्रो त्यो सुन्दरता,
भुगोलको नर्थपोल जस्तै ।
ईश्वरको अनुपम सृष्टि तिमी ।
सङ्गमरमर जस्तै उज्याली ।
लाखौं कि धड्कन तिमी ।
गुलियो चकलेट जस्तै ।
बस्!!!तिम्रो जिन्दगीमा
म त फगत एउटा,
चकलेटको खोल भएँ ।
भुगोल बाहिरको,
ब्लाकहोल भएँ ।
न ईश्वरको सृष्टि छ ।
न तिम्रो नै दृस्टी छ ।
अध्ययन गर मलाई ।
अनुसन्धान गर तिमी ।
पाउनेछौ म भित्र ।
एउटा सुन्दर चरित्र ।
म कुनै चकलेटको
खोल होइन ।
म त बिशाल चकलेट
फ्याक्ट्री हुँ ।
म भुगोल बाहिरको
ब्लाकहोल होइन ।
म त एउटा विशाल
खगोल हुँ ।
©अधुरो मन्जिल
(२०७३(१२(३)
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com