गजल
कति राम्रो ढकमक्क फुल्यो फुल बारिमा
हास्दै खेल्दै मेरो मन भुल्यो फुल बारिमा !!
सजिएको फुल बारिमा रङगिन सप्नाहरु
साजाएर खुशी सबै घुम्यो फुल बरिमा !!
छैनन कुनै आस्था अनि बिस्वाश भरोशा
कता कता भौतारिदै डुल्यो फुल बारिमा !!
कति थिए पिर बेथा कति मायाका छाल
सबै सन्सार बिर्सिएर भुल्यो फुल बारिमा !!
न त रह्यो आसा अनि बिस्वास गर्ने ठाउँ
गन्तब्यको मेरो यात्रा रुक्यो फुल बारिमा !!
भौतिक जिबन यात्री
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com