कयौं सयौं तला डोरीमा झुन्डिएर “निरु न्यौपाने”

कयौं सयौं तला डोरीमा झुन्डिएर !
खुशी छु त्यहि पैसाले तिमिलाई सुख किन्दिएर !!

बिदाई मा खबर संगै पैसा मागेकी थियौ !
ठुलो गुण लगाए छिमेकिले ऋण दिएर !!

दु:ख त मैले तिम्रै लागि हो गरेको !
बाँच्न बिर्सिएछु तिमिलाई रात अनि दिन दिएर !!

राम्री त सारै थियौ पुर्णिमाको जुन जस्तै !
झन राम्री बनाए पसिनाको रगतले सुन किन्दिएर !!

भन्नेले त धेरै भने बिश्वासको पट्टि थियो आँखामा !
मर्नु न बाँच्नुको बनायौ संसार लुटि हिड्दिएर !!

निरु न्यौपाने