हजारौं फूल चाहिदैन मलाई तिमी भए पुग्छ-©अधुरो मन्जिल

हजारौं फूल चाहिदैन मलाई तिमी भए पुग्छ ।
अरु खुशी चाहिदैन मलाई माया नै काफी हुन्छ ।

त्यो मुटुको कुनाभित्र लुक्न देउ सधै मलाई ।
पाइलाहरु डग्मगाए आउनु तिमी हात बढाइ ।
स्वार्थी दुनियाँ चाहिदैन मलाइ तिमी भए पुग्छ ।
अरु खुशी चाहिदैन मलाई माया नै काफी हुन्छ ।

ढुङ्गा झैं कठोर नहुनु, मेरो मायालाइ नभुल्नु ।
अमृत जति मीठो हुन्छ त्यति नै मीठो माया दिनु ।
हीरामोती चाहिदैन मलाइ चोखो माया दिए पुग्छ ।
अरु खुशी चाहिदैन मलाई माया नै काफी हुन्छ ।

हजारौं फूल चाहिदैन मलाई तिमी भए पुग्छ ।
अरु खुशी चाहिदैन मलाई माया नै काफी हुन्छ ।

??©अधुरो मन्जिल??