हात हल्लाई जानेलाई, बिदा गरी आएँ-“गजल” ©अधुरो मन्जिल

हात हल्लाई जानेलाई, बिदा गरी आएँ ।
यहि एउटा ज्यान पनि, आधा पारी आएँ ।

सुनको महल रोज्नेलाई, बधाई छ मेरो ।
मुरी मुरी धन्यवादको, मुख फोरी आएँ ।
माछो माछो भो भ्यागुतो, छैन केही पछुतो ।
किनार लाग्छु भन्नेलाई, खोला तारी आएँ ।

मुलको पानी बेशी झर्यो, बिसौनामा म छु ।
भोक प्यास सुस्केरामा, त्यसै टारी आएँ ।
रुमालको याद आयो, आँसु झरेपछी ।
निस्ठुरीको चिनो पनि, सलाई कोरी आएँ ।

हात हल्लाई जानेलाई, बिदा गरी आएँ ।
यहि एउटा ज्यान पनि, आधा पारी आएँ ।

©अधुरो मन्जिल
९२०७३(१२(५०