“गजल”
जिन्दगी बगेको खोला जस्तो छ।
यसैगरी सधैँ रोला जस्तो छ।।
फुलले भन्छ नछुनु काँडामा।
माया बेलुनको लोला जस्तो छ।।
नबुझ्नेलाई बुझाऊँ कसरी ?
सोह्र दुने आठ होला जस्तो छ ।।
मुटुभित्र खिल नै खिल छ्न ।
अरिङ्गालको गोला जस्तो छ ।।
त्यसैले त यो मन आजभोली ।
धतुरो खाएको भोला जस्तो छ ।।
आशैआशमा फिरन्ते जिन्दगी ।
जोगीले बोकेको झोला जस्तो छ ।।
©अधुरो मन्जिल पाँचखाल-६, काभ्रे ।
(९८४१००४५०२)
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com