” मेरी दुलही…… अमृतजङ्ग बस्नेत “

री दुलही……
अमृतजङ्ग बस्नेत
बाम्ती भण्डार–८, रामेछाप

यस्ती होस
कहिल्यै नदेखेकी , कहिँ नभेटेकी
हात माग्न जादा , मात्र मुसुक्क हाँसेकी
लगन गाँठो कसेको दिन
सुपारि खेलाउदा घुम्टो भित्र हात छुदाँ पनि
करेन्ट नै लागे भैmँ फुत्त हात हटाउने
बिहे भएको पन्ध्र दिन पछि मात्र राम्रो सँग बोल्न थाल्ने
सँगै बजार जादा खेरी
दुई मिटर पर हिड्ने
जुत्ता फकाल्दा पनि मैले देखुला भैm मान्ने
राती म निदाएपछि सुत्न आउने
बिहान ब्युझिनु अघि उठेर चिया पकाउने
कोमल हातले बिस्तरै कुममा हल्लाएर मलाई उठाए पछि
हजुर चिया भनेर फुत्त गइहाल्ने
बत्तिस प्लस पाँच लक्षणले भरिएकी
गोरी गोरी पातली
कतै त जन्मेकी होली
मेरै लागि मेरी दुलहि । ।
…………………………………………………………..
यस्ती होस
कालो लामो सलक्क कपाल
चारै तिर चट्ट काटेर मिलाएभैm जिउ ज्यान
कहि कतै दाग नभएको सुनौलो छाला
अग्ली पनि होइन होची पनी होइन
मोटी पनि होइन दुब्ली पनि होइन
बोली होस बिशेष मिठो , मह जस्तो
बाक्लो पनि होइन पातलो पनि होइन
उसको सरिरका सबै ईद्रियहरु इमान्दारी पुर्वक
उत्कृष्ट शैलिमा आ–आफ्नो काम गरिरहेका हुन
मैले ठ्याक्कै कल्पनाक् गरे जस्ती नभए पनि
प्लस माइनस एक दुई तिन गुण भएकी
कतै न कतै त अवश्यमेव छे ,हनुमान जी
मेरै लागि जन्मीएकी मेरी दुलहि । ।
…………………………………………………………..
यस्ती होस
फरिया चोलो लगाउने जमाना रिटायर्ड भैसक्यो
कुर्ता सुरुवाल पनि पुरानो भैसक्यो
समय सुहाउदो फेसनमै लक्ष्मी देवी देखीयोस
आइस्यो खाइस्यो पनि भन्नु परेन
जे बोल्यो त्यहि मिठो सुनियोस

श्रीमती चिन्ने नै अभावमा भन्छन्
केहि नहुदा पनि जुन जस्तै चम्कीरहोस्
थोरै बोल्ने , चाहिने बोल्ने
सिधा बोल्ने , मनमा कुरा नगुम्स्याओस
काठ्माण्डौको ब्यस्त सडकमा ढुक्क सँग
पल्सर बाइकमा उसको पछाडी बसेर घुम्न सकीयोस्
सडकको दायाँ बायाँ केटाहरुको झुण्डले जिस्क्यए
मुसुक्क हाँसेर ‘के छ भाइ , सन्चै छौ ?’ भनेर अगाडी बढ्न सकोस
उसको कुनैपनि कुरामा मैले चिन्ता गर्नु नपरोस्
सबैलाई इज्यत गरोस्
सबै कुरा सजिलो पारोस्
मुहार सधै फक्रीरहोस्
कहिल्यै कसैसँग नरिसाओस्
राम्रो राम्रो कुरा सोचास्
मिठो मिठो खाना बनाओस्
मलाई धेरै धेरै माया गरोस्
लौ न गजपति बाबा
अब त भेटाइदिनु , मेरि सपना की परि
मेरै लागि जन्मीएकी
मेरि दुलहि………………………………………………….