संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कहिले भुल्न नसकिने नाम सन्तोष बानिया , बिगत निकै लामो समय देखि यस क्षेत्रमा क्रियासिल रहेका छन् , साथी बनेर बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले हाल सम्म अशंख्य गीतहरु बजारमा पठाइसकेका छन् भने थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेका छन् । नेपालको सांगीतिक क्षेत्र दिन प्रति दिन धरासाही बन्दै गैरहेको यो अवस्थामा पनि यी यस्ता कलाकारहरुको निरन्तरतालाई हामी आम संचारकर्मीहरुले सलाम प्रकट गर्नै पर्छ , किन कि उनीहरुको खाइ नखाई यस क्षेत्र प्रतिको लगानीले सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाईरहेको छ । सोहि अनुरुप , हामीले पनि यस्तो देशको गहना जस्तो कलाकारहरुलाई यथास्थितिमा राख्नु पर्छ भन्ने उध्यस्यले उनै बहु चर्चित शर्जक तथा गायक सन्तोष बानिया संगको अन्तरङ्ग कुराकानी हाम्रा सम्पूर्ण पाठक माझ प्रस्तुत गरेका छौं ।
स्थायी ठेगना ?
गाखु ४ गोरखा ।
अस्थायी ठेगना ?
काठमाडौ ।
बाल्यकाल कहाँ र कसरी बित्यो ?
गोरखाको घरैमा मेरो बाल्यकाल बित्यो , जे होस खुसी साथ बिताए रे मैले मेरो बाल्यकाल ।
परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
७ जना छौ ।
गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?
म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए , गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे , गित गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो , काठमाडौँ आए पश्चात त्यस्तै गित सङ्गीतप्रेमी साथिभाइको सङ्गतले गर्दा यो क्षेत्रमा लाग्ने सोच पलायो अनि २०६९ सालमा औपचारिक रुपमा गित रेकर्ड गरियो ।
सबैभन्दा पहिला काठ्माण्डौ के का लागि छिर्नु भयो ?
म आफ्नो SLC पछि को पढाइ पूरा गर्न अनि धन कमाउने उध्यश्य बोकेर काठमाडौ ओर्लिएको मान्छे हो ।
अनि धन कमाउनु भयो त ?
धनको नाम मा पैसा कमाउनु भनेको त्यस्तै भयो तर त्यो भन्दा ठुलो धन नाम कमाएको छु ।
यहाँ द्वारा सृजना गरिएको पहिलो गित कुन हो ?
मैले थाहा पाएर बुझ्ने भए देखि लेख्न सुरु गरेको हु , औपचारिक रुपमा एल्बम को लागी रेकर्ड भएको मेरो पहिलो साङ्गितिक कोसेली बरु दिन बिताउला साथी बनेर…भन्ने गित हो , जुन गित अत्याधिक सफल र चर्चित भएको थियो ।
अहिले त कुनै गित बाट सफलता प्राप्त भएन भने पलाएन हुने क्रम बढ्दो छ , यदि तपाईं द्वारा सृजना गरिएको साथी बनेर गितले सफलता नपाएको थियो भने सन्तोष बानियालाइ अहिलेको यो स्थानमा देखिने थिएन होला है ?
मैले पहिले कसैलाइ देखाउनको लागि गित गरे रहरमा ! पछि गित हिट पनि भयो सफल पनि भयो , त्यो रहर एउटा पेशा बन्दै गयो र यहि क्षेत्रमा खटिरहेको छु , मैले पनि साथी बनेर गित हिट हुना साथ लगालग काम पाएको होइन आफैले दुख गरेर गरेको छु निरन्तर रुपमा , अरुको बिसयमा म बोल्न त सक्दिन तर मेरो बिसयमा भन्नू हुन्छ भने म पलाएन हुन्थिन , किनकी असफलता नै सफलताको प्रतीक हो मैले राम्ररी बुझेको छु , जब गित रेडियो टिभिमा बज्न थाल्यो तब मेरो रहर पुर्ण रुपमा आबश्यकता भैसकेको थियो आबश्यकता सङ्ग पलायन हुन सकिन्छ र ?
केही गित पनि गाइसक्नु भएको छ,र धेरै गितमा शब्द रचना गरेर आम सङ्गीत प्रेमी दर्शक श्रोताको मनमा पनि बसिसक्नु भएको छ,अब भन्नुस सन्तोष बानियाँलाई किन सर्जकको रुपमा मात्र चिन्छन ? गायनमा किन पछाडी पर्नु भयो ?
म पहिले देखिनै लेख्न बढी मन पराउने मान्छे हु , सुरुवात पनि शब्द सृजना बाटै गरे जुन गित ले सब्दमा नया सर्जक सन्तोष बानियाँ पनि आएको छ है भनेर चिनाउने काम गर्यो , त्यसमा सम्पुर्ण दर्शक श्रोता सन्चारकर्मी कम्पनी प्रती कृतज्ञता प्रकट गर्दछु , अनि त्यही चिनारीलाई अलि उचाइमा पुराउने तर्फ ध्यान केन्द्रित गर्दाखेरी गित गाउन पट्टि ख्यालै भएन , अहिले पछिल्लो समय आफुले सृजना गरेका गित आफुले न्याय गरेर गाउन सक्ने बन्दा खेरी गाउन थालेको हु , अब गायन पाटोलाइ पनि सङसङै अगाडि बढाउने सोचमा छु , सुरुवातको चरणमा छु , गायन बिधाको यश कारण गाएक भनेर कमैले चिन्नुहुन्छ सायद छिट्टै सन्तोष बानियालाइ सफल गाएक बनाइदिनुहुनेछ आम दर्शक श्रोताले , अनि सबै सन्चारकर्मिले साथ दिनु हुनेछ आशा छ ।
तपाइँ बिबाहित हो ?
हजुर म बिबाहित।छोरी पनि ठुली भैसकिन अबत ।
आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ?
नेपालमा हुँदा फोन आउथ्यो अलि अलि प्रायले दिनैमा कुरा गर्नुहुन्थ्यो , अहिले बिदेशमा भएको कारण फोन होइन फेसबुकमा म्यासेज आउँछ ।
यसरी कला क्षेत्रमा अगाडि बढिरहेको मान्छेलाइ राती राती आफ्ना शुभचिन्तक बाट फोन आइरहदा गृहमन्त्रीको प्रतिक्रिया कस्तो आउँछ ?
त्यस्तो नराम्रो कहिले सोचिनन श्रीमतिले , किनकी उनी पनि कलाकारीता क्षेत्रलाई माया गर्छिन अनि केही जानकार छिन , बरु मेरो हरेक कार्यमा साथ र सहयोग गर्छिन , धेरै एफ एम स्टेसनमा उनले नै गितको अडियो cd बोकेर पुर्याएकी छिन् ।
बिबाहित हुदा र नहुदाका यहाले आफ्नो पेशालाइ अगाडि बढाउन सहज असहज कसरी लिनु भएको छ ?
सन्सारमा अधिकांस मान्छे बिहे पछि सफल छन् , मेरो हकमा पनि त्यस्तै भएको छ , कहिले काहीँ टाडा जानू पर्ने घरमा बिमारी हुँदा पनि समय दिन नापाउने ,समयमा घर फर्कन नसक्ने हुन्छन् , अनि चर्काचर्की पर्छ , भोलि गर्दा नि हुन्थ्यो नि किन राती सम्म बस्नु पर्छ र भन्ने जस्ता कुरामा , अनि अर्को कुरा हेर्नुस है यो क्षेत्रमा केटा केटि सबै सङ्ग सहकार्य गर्न पर्ने कहिले काहीँ टाँसिएर फोटो खिच्यो भने गाला रातै पारिहाल्छिन , यदि बिबाह नभएको भए जे गरेनी मतलब हुदैन्थ्यो होला ।
अन्य घरपरिवारको तर्फबाट तपाइँ यो क्षेत्रमा लाग्दाखेरिका साथ सहयोग कस्तो छ ?
ठिकै छ ।
हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
प्राय म नेपालमा हुदा ८ बजे उठ्थें उठ्न साथ नेट अपडेट गर्थे अनि बल्ल फ्रेश भएर अन्य नियमित काम मा लाग्थे , अहिले मलेसियामा छु,बिहान ६:३० बजे उठ्छु नुहाउछु अनि नेट अपडेट गर्छु ।
अब हामी सन्तोष बानियाको नितान्त ब्यक्तिगत जिबनिमा फर्किन्छौ,अहिले तपाईं मलेसिया हुनुहुन्छ ,पछिल्लो समयको हाम्रो साङितिक क्षेत्रको धरासायिले यहालाइ मलेसिया पुर्यायो हो ?
बिल्कुल होइन , म गित सङ्गितको जगेर्ना गर्न र मेरो आफ्नै निजि काम विशेषले गर्दा केही महिनाको लागि मात्र मलेसिया आएको हुँ , मेरो उध्यस्य पुग्न साथ नेपाल फर्किन्छु , मैले यहाँ आएर पनि धेरै गित यहि बाट रेकर्ड गरेको छु ,भिडियो निर्माण गरेको छु ।
किन जानू भयो त मलेसिया ?
मेरो आफ्नो एउटा लक्ष्य छ त्यो लक्ष्री मलेसियामा छ , अनि साथै यहाँ धेरै साथिहरुले आउनको लागि आग्रह गर्नु भयो अनि आएको हु ,सायद छिट्टै फर्किन्छु ।
यो क्षेत्रबाट पाएको सम्मान तथा अवार्ड ?
आज सम्म मैले पाएको अवार्ड भने पनि सम्मान भने पनि दर्शक श्रोताको मायानै हो , अरु अवार्ड यहि क्षेत्रमा छु निरन्तर संघर्ष गरिराखेको छु कुनै दिन मुल्याङ्कन होला अनि पाइएला , तर मलाइ अवार्डको ट्रफी भन्दा दर्शक श्रोताको माया अमुल्य छ , सधै यो साथ अनि माया पाईरहुँ ।
आज भन्दा भोलि माया बन्दै जावोस गाढा…!
कलाकारीता क्षेत्रलाइ अगाडि बढाउन यस्ता बिबिध सम्मान तथा अवार्ड्ले कत्तिको महत्वपुर्ण भुमिका खेल्छ जस्तो लाग्छ ?
केही हद सम्म खेल्छ होला तर दर्शक श्रोताको मायाले यो कला क्षेत्रमा टिकाउने अवार्ड र सम्मान ले होइन , यो त एउटा औपचारिकता मात्र हो ।
गित सङितको क्षेत्र यसरी तल पर्नुमा दोषी को हो र यसलाइ उच्च स्थानमा पुर्याउनको निमित्त कुन तह र तप्का बाट कमजोरी भएको छ ?
सबै भन्दा दोषी हामी हौ कलाकार आफै दोषी हुन् , हाम्रो आफ्नै ब्यक्तिगत बिबिध कुराहरु बाधक भएका छन , कलाकार कलाकार मा मै हुँ भन्ने भावना हुनु एक ले अर्काको सृजना सृजनानै नठान्नु , पुरानाले नयाँलाई हेप्नु नयाँले पुरानालाई सम्मान गर्न नजान्नु , क्षणिक चर्चाको लागि उच्सिङ्खल शब्द र दृश्य राखिनु , यसमा हाम्रो आफ्नै कमजोरी हो , गित सङ्गितको हितको लागि खोलिएका संघसस्था पनि मुकदर्शक भैदिनु कडा रुपमा प्रस्तुत हुन नसक्नु अर्को कमजोर पक्ष हो , गित सङितको मात्र नभै सिङ्गो कलाक्षेत्रको लागि सबिधानमै केही नियम कानुन र हक अधिकार लेखिनु पर्ने थ्यो ।
यो क्षेत्रको श्रीबिध्दिको लागि राज्यको भुमिका कस्तो हुनु पर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ , हामिमै एकता छैन , दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यब्स्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन ।
मिडियाको भुमिका ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन ।
नेपाली गित सङ्गीत हितक निमित्त हाम्रो अनलाइन सङ्गीत सरोबरको भुमिका कस्तो हुनु पर्छ ?
सर्बप्रथम त यहाँहरुको यो अनलाइनलाई शुभकामना दिन चाहान्छु अझै धेरै प्रगतिको चर्चाको शिखरमा पुगोस , नया पुराना सबै सर्जकलाइ स्थान दिनुहोस , राम्रो लाई राम्रो अनि नराम्रोलाई नराम्रो भनेर प्रष्ट पारिदिनुहोस , सत्य तथ्यलाई प्राथमिकता दिनुहोस ।
भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ ।
अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?
नेपालिको महान चाड तिहार आउदै छ राम्ररी मनाउनुहोस,शुभकामना ! नेपाली गित सङितलाइ सधै माया गरिदिनुहोला , नराम्रा अपाच्य र अश्लील गित सङ्गीत बहिष्कार गर्दिनुहोला , हिजोको दिनमा जसरी सन्तोष बानियाका सृजनाहरु साथि बनेर,तिम्लाइ पार्दिन रुन,तिम्रो मन दुख्न दिन्न सानू,अरु पनि छन् होला मलाइ माया गर्नी,चोखो छ छैन मन,ए सानू किन टाढा भयौ,जीवन भरी तिम्रै बाटो भए कुर्या कुरै,अन्तिम पल्ट तिम्रो मुख,माया गर्न सिकाउदा,आज भन्दा भोलि माया बढ्दै जावस गाढा लाई जसरी माया गरिदिनु भएको थियो आउने सृजनाहरुलाई पनि त्यो भन्दा बेंशी मायाको खाँचो छ , आशा छ गरिदिनुहुनेछ , अहिले मेरो पछिल्लो समयको बजारमा आएको ओइलिएको फुललाई शिरमा..यसलाइ पनि माया गरिदिनुहोला र अब छिट्टै बजारमा आउने गित हरु , एकनारायन भन्डारीको सङ्गीतमा रहेको अमृत सापकोटाको रङ्गिन भयो जिन्दगी ,सागर लामाको दुनियाँले तारिफ गर्ने चोखो माया लाम , तिम्रो सुन्दर घर छ , मेरो बुढिको नाकैको टुप्पोमा रिस छ , हाम्रो मान्छेलाई ( लोक गित ) त्यस्तै अर्जुन कुवर कृस थापा तथा साथिहरुको रास्त्रीय गित हामी नेपाली हामिलाई नेपालकै माया लगाएत अन्य धेरै २ दर्जन भन्दा बढी गीत आउँदै छन् यसलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु ।
धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
राजु दाइ अनि सङित सरोबर डट कम अनलाइन लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा , यो अनलाइनले सबैको मन जितोस , सम्पुर्ण दर्शक श्रोतामा तिहार तथा छठ पर्बको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
सन्तोष बानियाको पछिल्लो सिर्जना ” ओइलिएको फुल ” को भिडियो प्रोमो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com