आखिर केका लागि ?? ” सबिता बि क अभागि आँसु “

 

हाम्रो लागि कै छैन तर अरुको लागि हामी छौँ आखिर केका लागि ??
जिउनजेल दु:ख कष्ट दश नङ्ग्रा खियाएर पसिना बगाउछौँ आखिर केका लागि ??
मर्दा मलामि अरुकै हुन्छन् ।। मरेको शरीर ढाक्ने कै हुदैन आफ्नो ! एक मिटर कपडा अरुको हुन्छ अनि एतिका कस्ट आखिर केका लागि ??
जन्मिदा रुदै जन्मन्छौँ बाचुन्जेल दर्दनाक जीवन दिउछौँ मर्निबेला दुखि हुन्छौँ आखिर केका लागि ??
मेरो कथा हैन दुख पाएको पनि छैन तर पनि भन्न मन लाग्यो यो सब आखिर केका लागि??

( सानो भाबना )
—————
सताउछ जैले पनि गाउँ घरकै यादले !
बिर्सि भन्छन साथि सङ्गि निस्टुरि त्यो मन्ले !!
रहर कस्को हुन्छ होला जन्मेको घर छोड्ने !
गाउँ घरको साथि सङ्गि सब संग नाता तोड्ने !!
धन कमाई आउछु भन्थे जन्मिएको गाउँ !
पर्देसमा मरुभुमि बिरानो छ ठाउँ !!
सबै छुटे साथि सङ्गि मायाँ मारेको छैन !
एस्तै कथा पर्देसिको कोहि बुझिदिने हैन !!
तिर्छु भन्थे साहुको ऋण कमाएर छिटै !
सोचेको थिएँ बिदेशमा पाउँछु धन्को बिटै !!
साना नानि लाला बाला सम्झनाछ मन मा !
छिटै फर्कि जान मन छ जन्मियको ठाउमा !!

सबिता बि क अभागि आँसु
रामेछाप हाल बादल पारीको देश दुवै