” कविता “
यस्तै छ , चलेकै छ ।
सबको आफ्नै स्टाइल छ ।
स्ट्याटस जेसुकै होस्
सबको आफ्नै प्रोफाइल छ ।
नलेज थोरै गफ ज्यादा
स्माइल तिम्रो घातक छ ।
जेसुकै खाउ , लाउछौ राम्रै
आउटलुक्स तिम्रो मादक छ ।
खर्च तिम्रो डर लाग्दो , आम्दनी दया लाग्दो
जिल्लै पर्छन संसार सारा
साँच्चै गज्जब छ
दाजु तिम्रो नेपाली पारा ।।।
…………………………….
राजनिति हो सबको पेशा
साइड जब मात्र अरु गर्ने ।
मिसन त सबको त्यै त हो
जसरी हुन्छ खल्ती भर्ने ।
कसैले तिम्रो प्रसंसा गरोस्
सगरमाथाको टुप्पोमा पुग्छौ छिट्टै ।
सफलता स्यानो मिलोस् तिमिलाई
मान्छेलाई मान्छे गन्दैनौ यत्रै ।
शान तिम्रो डर लाग्दो मान दया लाग्दो
जिल्लै पर्छन संसार सारा
साँच्चै गज्जब छ दाजु तिम्रो नेपाली पारा ।।।
………………………………………….
हेर्नुस अब फेरि फेसबुक आतंक
बि र डि नचिन्नेको पनि फेसबुक छ ।
मान्छे तोरि लाउरे होस्
प्रोफाइल पिक्चरमा चिटिक्क लुक छ ।
गफै त हो सोल्टी , बिस लाखको त चिया खाइयो
बाउ डाइभर , छोरो हिड्दै आइयो ।
थाह छ तिमिलाई राम्रै सँग
यस्ता गफ गरेर आखिर के पाइयो ?
गफ तिम्रो डर लाग्दो , कुरा दया लाग्दो
जिल्लै पर्छन् संसार सारा
साँच्चै गज्जब छ दाजु तिम्रो नेपाली पारा ।।।
अमृतजंग बस्नेत
बाम्ती भण्डार ८ रामेछाप
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com