” पक्कै मर्छु गरुड पुजा सुन्न आए है “

पक्कै मर्छु गरुड पुजा सुन्न आए है !
साल को पात टपरी बुन्न आए है !!
न छोरा न छोरी कोहि छैनन मेरा !
क्रिया गर्ने एक जना चुन्न आए है !!
को रोलान म मर्दा रोलान त खै अरु !
रोए भनी सबका मुख थुन्न आए है !!
घारो माथी लास बाधी लाने बेलामा !
लासमा लाउने रातो माला बुन्न आए है !!
केशब घिमिरे
स्थाई घर कपिलवस्तु नेपाल / हाल मलेसिया