यो दसैँ मा चाहेर नि आउन पाइन मेरी आमा !
यो दसैँ मा चाहेर नि आउन पाइन मेरी आमा !
तिम्रो हातको टिका जमरा लाउन पाइन मेरी आमा !!
बाबा पनि बसे होलन छोरो अाउला भन्दै !
आमा पनि बसी हौली बाटो हेरी दिन गन्दै !!
घर आउन त धेरै मन थियो आउन पाइन मेरी आमा !
यस्पाल्ली नि टिका जमरा लाउन पाइन मेरी आमा !!
दसैं तिहार आउँदा खेरी गाउ रमाइलो हुन्छ होला !
छोरो घर न आउँदा कती मन रुन्छ होला !!
अझै पनि टीन ले छानो छाउन पाइन मेरी आमा !
घर आउन त धेरै मन थियो आउन पाइन मेरी आमा !!
तिम्रो हात को टिका जमरा लाउन पाइन मेरी आमा !
सुदिप संखर
मलेसिया
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com