” म भाग्य र कर्म दुवैमा विश्वास गर्दिन , लोक दोहोरी गायक दिपक थापा मगर “

संगीत सरोबर डट कम , काठमाडौँ //
राजु बोहरा । जति टाढा झन् माया गाडा भने जस्तै , सायद अनायासै पर्देशियको मानिसलाई आफ्नो देशको झनै अत्याधिक माया लाग्दो रहेछ क्यारे , त्यसैले पनि नेपालमा सांगीतिक क्षेत्र प्रति नभएको त्याग प्रबाशमा रहंदा , अझै तिब्रताका साथमा प्रकट गरिरहेका छन् लोक दोहोरी गायक दिपक थापा मगरले । उनले अहिले सम्म करीब ३० भन्दा माथि गित गाइसकेका छन् । उनि यहि आउँदो ३० तारिक नेपाल फर्किने तयारीमा रहेका छन् ।आज हामी उनी गायक तथा शर्जक दिपक थापा संग संगीत सरोबर डट कम ले गरेको कुराकानी प्रस्तुत गर्दै छौं ।

दिपक जी यहाँ लाई स्वागत छ हाम्रो संगीत सरोबर डट कम मा !!

धन्यवाद राजु जी र संगीत सरोबर डट कम को सम्पूर्ण पाठक हरुमा पनि नमस्कार !

यहाँ कति सालमा जन्मिनु भएको भन्न मिल्छ ?

हा हा हा किन नमिल्नु मेरो जन्म २०४५ सालमा भएको हो ।

थाई ठेगाना  ?

मेरो थाइ घर दोलखा जिल्ला मालु गा बि स वाद न १ हो ।

यहाँको अस्थाई ठेगाना र बाल्यकाल कसरि बित्यो ?

मेरो बाल्यकाल चाहिँ मेरो जन्म भुमी दोलखा मै बित्यो राम्रै बित्यो भनम न अब दुखी परिवार हो खासै राम्रो नि हैन नराम्रोनी हैन ठिकै बित्यो हाल चाहिँ अहिल कतार मा छु ।

परिवारमा कति जना सदस्य हुनुहुन्छ ?

सात जनाको परिवार छौं ।

गित संगीतको क्षेत्रमा लाग्ने सोच कसरी बन्यो ?

म सानै देखि गाउन तल्लिन थीए बनपाखा जादा मज्जाले गीत गाउथे घाँस काट्दै , त्यतिबेला एक मात्र स्मरण छ कि  मान्छेहौ लुकेर मेरो छेउमा आएर मैले गाएको सुनेर बस्ने गर्दथ्य त्यो सम्जिदा अहिले आफैलाइ रमाइलो लाग्छ गाउन एक्दम मन पर्ने स्कुल पढ्दा कहि कतै कार्यक्रम हुदा भाग लीने गर्थे यसै सिलसिला गीत गाउने एकदम शोक हो मेरो सानै देखि ।

तपाई बिबाहित हो  ?

हजुर म बिबाहित हो तर अहिले लाज लाग्छ सानै मा बिहे गरियो हीहीही ।

बिबाहित हुँदा र नहुँदाका सांगीतिक क्षेत्रका यात्रालाइ अगाडी बढाउन सहज असहज परिस्थिति ?

मैले सानैमा बिबाह गरेको हो तेसैले बिहे अगि र पछिमा कुनै भिन्नता पाको छैन यो छेत्रमा अगि बढनको लागि सहजै छ ।

अन्य घर परिवारको तर्फ बाट तपाईं गित संगीतमा लाग्दाखेरीका प्रतिक्रिया कस्तो छ ?

अहिले सबैले भन्नू हुन्छ गाइने बाउको छोरो गायक नै भयो भनेर , किनकी मेरो बुबा पनि पहिला को जमानामा ७ दीन ७ रात जात्रामा गित गाउने मान्छे हो मेरो बुबाले नि गित संगीत लाई धेरै माया गर्नुहुन्थ्यो तेसैले हाम्रो गाउनै संगीतमय छ , सबैले मेरो बुबालाई राम्रो काम गर्यो छोरोले त्यहि कामले हाम्रो गाउँको नाम पनि उच्च स्थानमा पुर्याएको छ भन्ने जस्ता प्रतिक्रिया पाउदा खुसीले भुइँमा खुट्टा हुँदैन  ।

हरेक दिनको दैनिकी सुरुवात कसरी हुन्छ ?

मेरो दैनिक भन्न पर्दा गीतसंगीत बाटनै सुरुवात हुन्छ , म सङित बिना बाच्न सक्दिन म काममा हुँदा होस या बाटो हिन्दा होस मेरो कान मा हेड फोन छुट्दैन म आफुले आफुलाई सङित को किरा हो भन्न रुचाउछु ।

गीत संगीतको सुरुवात कहिले र कति साल बाट भयो ?

म गाउन पहिले देखिनै गाउथे तर मैले एल्बम  निकालेको चाहिँ २०७२ साल असार २ मा हो , तर मेरो अनउपचारिक रुपमा चाहिं  सांगीतिक जिबनको सुरुवात २०५८  साल बाट भएको हो , जुन बेला म कुनै दोहोरी साँझ स्टेजमा आगन्तुक पाहुनाहरुको वाह वाह वाह मा पर्थे ।

पहिलो गीत ?

मेरो पहिलो गीत ” महा पाप हो ” जस्मा मेरो लय शब्द रहेको थियो भने साजन ओलि र मुना थापा मगर को स्वरले सजिएको थियो ।

पहिलो पटक गित गाउन स्टुडियो छिर्दाका अनुभूति कस्ता हुँदा रहेछन ?

धेरै नर्भस भएको थिएँ मत खुट्टा कामेर गाउनै नसक्ने अवस्थामा पुगेको थिएँ , धेरै डर लागेको थियो तर लगभग ३० मिनेट जति प्रयास गरिसके पछि गित गाउन सफल भएन , आज त्यो दिन सम्झिंदा बडो आनन्दको अनुभूति हुन्छ ।

अहिले सम्मको गित कति वटा भए ?

अहिले सम्म महिले गाएको गित जम्मा जम्मी ३० भन्दा माथि पुगे होलान , खासै याद गर्न सकिएन ।

यो क्षेत्रमा लाग्न प्रेरित गर्ने व्यक्तिको नाम ?

मेरो बुवा अनि पछि यो एल्बम निकाल्दा प्रेरित गर्नु हुने गाएक साजन ओलि जसलाई म कहिले भुल्न सक्दिन अनि मलाइ यो छेत्रमा आफ्नो ज्यान दिएर साथ दिने मेरो प्यारो साथी अनि दाजु रमेश भुजेल उहाँ बाट मलाई धेरै सहयोग मिलेको छ उहालाइ म संगीतिक सलाम गर्न चाहन्छु ।

यदि तपाई यो क्षेत्रमा नलाग्नु भएको भए कतार को टनटलापुर घामले नै जिबनको आधा नाम खाई सक्थ्यो होला है ?

अहिलेनि  खाइरहेकै छनी घामले , तर पनि संगीत छेत्र मा नाम आउदा सबै दर्शकले माया गर्दा घाम को पनि केही वास्था लाग्दैन ।

अहिले आफुले गएको गीतहरु बाट धेरै श्रोता दर्शक माझ गायक दिपक थापा भनेर परिचित भैरहंदा कस्तो महसुस हुन्छ ?

एकदमै खुसी लाग्छ नि तपाईं पत्रकार राजु बोहरा भनेर आम नेपालीहरु माझ परिचित हुनुहुन्छ के तपाइलाई संसार जितेको महसुस हुँदैन र ! हो महिले पनि अशंख्य श्रोता दर्शकको माया तथा साथ पाएको छु मलाई पनि संसार जितेको महसुस हुन्छ ।

आफु द्वारा स्व बद्ध गित अथवा रचित गित मध्ये आफैलाई अत्यधिक मन पर्ने गित कुन हो ?

मुटु  को रगत ।

गित संगीतको क्षेत्र बाट पाएको सम्म तथा अवार्ड ?

म प्रबासमा छु त्यो कारणले विभिन्न नेपालका सांगीतिक कार्यक्रम मा भाग लिन पाएको छैन , नेपालका अशंख्य श्रोता दर्शकहरुलाइ प्रत्यक्ष्य रुपमा मेरो प्रस्तुति देखाउन पाएको छैन , तर बाध्यता वस प्रबासमा रहंदा पनि नेपाली गित संगीत प्रेमी श्रोता दर्शकको अथाह माया पाएको छु मेरो लागि त्यो भन्दा सम्मान तथा अवार्ड केहि हुने सक्दैन ।

प्रबासमा रहनुहुने गित संगीत प्रेमी श्रोता दर्शकहरु बाट नेपाली गित संगीतको बारेमा कस्तो किसिमको प्रतिक्रिया पाउनु भयो ? साथै प्रबासी हरुले बेसेश गरी कस्ता गीतहरु मन पराउदा रहेछन ?

सबै श्रोता हरुको आफ्नो आफ्नो रोजाइ हो , जे होस राम्रो प्रतिक्रिया दिनुभाछ अहिले सम्म उहाहरुले बढी परदेसी पिडा समेटिएको अनि मार्मिक गीतहरु बढी रुचाउनु भएको मेरो ठम्म्याइ रहेको छ ।

नेपाली गित संगीतको बजारको अहिले धरासाही स्थितिले यहाँले आफ्नो सांगीतिक भबिस्य कस्तो देख्नु भएको छ ?

नेपाली गीत सङित अहिले धेरै नै खस्किंदो अवस्थामा रहेको छ यसै भन्न सकिन्न ।

गित संगीतको क्षेत्र यसरी तल पर्नुमा दोषी को हो र यसलाई उच्च स्थानमा पुर्याउनका निमित्त कुन तह र तप्का बाट कमजोरी भएको छ ?

पहिलो कुरा त हामि नै कम्जोर  भएका छौं यो क्षेत्रमा , र पनि म के भन्छु भने पहिला क्यासेट बिक्री हुने जमानामा हाम्रो पुराना अगरज दाजु दिदीहरु , धेरै अगि बढनु पर्छ भन्दै हिंडे तर अहिले जब क्यासेट बिक्रि हुने जमाना गयो अनि ती पुराना अग्रज दाजु दिदी कहाँ कुन मुसाको दुलो मा छिरेर बस्नु भएको छ ! ती अगि बढनु पर्छ भनेर हौसला दिने अनुहारहरु कहाँ कता गए ? अनि नेपाल सरकार पनि अहिले अन्धो बनेर बसिरहेको अवस्था छ , सबै स्वर्थामय ढंगले अगाडी बढे पछि कसरी हुन्छ सांगीतिक क्षेत्रको उन्नति ।

यो क्षेत्रको श्रीबिद्धिको लागि राज्यको भूमिका कस्तो रहनु पर्छ ?

राज्यले आज सम्म हेरेको छैन यो क्षेत्रलाइलाई राज्यले हेर्नू पर्ने हो कहाँ कस्तो कलाकार छन कुन कलाकार कुन अबस्था मा छ भनेर अनि कलाकार बाच्न सक्ने बेबस्था गरिनु जरुरी देखेको छु मैले ।

 मिडियाको भूमिका ?

मिडियाको बानी कस्तो छ भने पैसा जता हुन्छ अनि जता आफन्त छ त्यता बढी लगाब देखिरहेको छु मैले एउटा मिडिया भए पछि सबै कलाकार लाई मिडिया को पर्दा मा ल्याउन जरुरी छ ।

हाम्रो अनलाइन संगीत सरोबर डट कम को भूमिका कस्तो रहनु पर्छ ?

कुनै पनि पक्षलाई पक्ष्यपात नगरी सधै सत्यलाई सत्य , झुठो लाई झुठो , भनेर अगाडी बढ्नु जरुरी छ मेरो बिचारमा , किन कि धेरै यस्ता अनलाइन पत्रिकाहरु पैसा मुखी भएका छन्  ।

नेपाल कहिले फर्किनु हुन्छ ?

अब यो महिना को अन्तिम सम्म नेपाल निस्किसक्छु

नेपाल फर्किसके पछि नेपाली गित संगीत उत्थानको लागि । तपाईंको भूमिका कस्तो रहनछ ?

अब मेरो निरन्तरता यसै क्षेत्रमा रहेने छ , गीत संगीतमा राम्रो बाताबरण ल्याउने पहल गर्न सक्छुकी भनी धारणा छ ।

भाग्य र कर्ममा विश्वास बढी कुन गर्नु हुन्छ ?

म दुबै मा बिस्वास गर्दिन ।

धन्यवाद हामीलाई यहाँको महत्वपुर्ण समय उपलब्ध गराइदिनु भएकोमा । 

यहाँहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी सबै को अन लाइन संगीत सरोबर डट कम लाई पनि मुरी मुरी धन्यवाद दिन चाहान्छु ।

हुन्छ धन्याबाद हामीलाई समय दिनु भयकोमा । 

गायक तथा शर्जक दिपक थापा मगर द्वारा स्वर बद्ध गित ” बादल माथि पर्खि बसौंला बोलको गीतको भिडियो हेर्न तल क्लिक गर्नु होला ।