माया गर्नु त बहाना रहेछ ।
स्वार्थीहरुको जमाना भएछ ।
नडुब मायाको गहिराईसम्म ।
माया त भाग्यको खजाना रहेछ ।
आजभोलि तिमी भएछौ बेग्लै ।
दुखमा पनि छाडिदियौ एक्लै ।
मेरो मान्छे भन्थ्यौ तर हिजोसम्म ।
माया त सस्तो खेलौना रहेछ ।
नडुब मायाको गहिराईसम्म ।
माया त भाग्यको खजाना रहेछ ।
झरेको फूलझैं उदास एक्लै ।
तिमी आउने आशाहरु सांच्दै ।
पर्खिंए चौतारीमा सांझसम्म ।
माया त नमिठाे चाहना रहेछ ।
नडुब मायाको गहिराईसम्म ।
माया त भाग्यको खजाना रहेछ ।
माया गर्नु त बहाना रहेछ ।
स्वार्थीहरुको जमाना भएछ ।
नडुब मायाको गहिराईसम्म ।
माया त भाग्यको खजाना रहेछ ।
© अधुरो मन्जिल (9841004502)
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com