सर्जक ओम छिनाल मातृ शोकमा’
काठमाण्डौ । लोकप्रिय सर्जक ओम छिनालको ममतामयी माता इन्द्र कुमारी छिनालको ८४ बर्षको उमेरमा असामयिक दु:खद निधन भएको छ । रोजगारीको शिलशिलामा मलेसिया रहेका सर्जक ओम, आफ्नो माता अस्वस्थ भएपछी केहि समय अगाडी मात्र स्वदेश आएका थिए ।
लामो समयदेखि क्यान्सर जस्तो प्राणघातक रोगबाट पिडित आमा इन्द्र कुमारीलाई सर्जक ओमले उपचारमा कुनै कमि हुन दिएका थिएनन् ।
ओम सानै हुँदा बाबाको निधन भैसकेका छ । उनको दुई दाजु र तिन दीदिहरु छन् । स्थायी घर गोरखा भएका ओमले आफ्नो आमाको पार्थिव शरीरलाई हिजो पशुपतिको आर्यघाटमा अन्त्यष्टि गरेका छन् ।
उनि अहिले शोकमा छन् । यस दुखद घडीमा संगीत सरोवर परियार शोक सन्तब्ध परिवारमा धर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दछ ।