काठमाण्डौ । करिव डेड दशकदेखी नेपाली सांगीतिक बजारमा निरन्तर सक्रिय मेलुङ्ग गाउँपालिका वडा नं १ स्थायी घर भएका गायक तथा सर्जक दिनेश भुजेलको “दोलखा चरिकोट” बोलको गीत बजारमा आएको छ । नेपाली संस्कृति,मौलिक मुल्य र मान्यलाई सदैव जोगाउन पहल गरिरहने भुजेलको गीतहरुमा नेपालीपन पाउन सकिन्छ ।
भुजेल कलाकार संगसँगै साहित्यकार पनि हुन् । उनको दुई वटा कृति कबिता संग्रह ‘अंकुरण’ र खण्डकाव्य ‘प्रियान्जलिले शहनशिलाई जलाईन’ पाठकहरुले पढेर रुचाईसकेका छन् । गीत,संगीत र साहित्यमा राम्रो कलम चलाउन सक्ने दिनेशले नेपाली गीत संगितको बजारमा थुप्रै बिबिध बिधाको गीतहरुमा शब्द,संगीत भरेका छन् भने उनले सबै बिधाका गीतहरुमा स्वर दिएका छन् ।
बचाउँ है हाम्रो माटोलाई, ए है रेशम, ए नक्कली, छुकछुके रेल ,दन्ते लहर, फूलेपछी झर्नै पर्छ आदि उनका लोकप्रिय गीतहरुमा पर्दछन् । हालै बजारमा आएको “दोलखा चरिकोट” बोलको गीतमा पनि भुजेलकै शब्द,संगीत अनि स्वर रहेको छ भने महिला स्वर उषा गजुरेलको रहेको छ, साथै संगीत संयोजन रामकृष्ण थापाको रहेको छ ।
संजिब ठकुरीको नृत्य,निर्देशन, संजिब ठकुरी र निहारिका थापाको अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न पाईन्छ । कल्पेश बिश्वकर्माको भिडोयो सम्पादन, सन्तोष तिमिल्सिनाले छायांकन रहेको उक्त भिडियो भिमेश्वर डिजिटलको प्रस्तुती र ब्यानरमा Ashim Kumar Katuwal युटुब च्यानलबाट बजारमा आएको हो ।
भुजेलको कलात्मक प्रस्तुतिमा दोलखा चरिकोटको पर्यटकीय प्रबर्द्धन सँगै मायाप्रेम मिसिएको निकै कर्णप्रिय गीतले यतिबेला TikTok मा राम्रो स्थान पाईरहेको छ भने भिडियो पनि बिस्तारै स्रोता दर्शकको मन मुटुमा बस्दैछ ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com