काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा धेरै नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटिएर निर्माण गरिएको साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ भन्ने कुरा यस गीतमा समेट्ने प्रयास गरिएको छ । गीतको भिडियोमा पुरुषबाट बलात्कृत भएपछि नारी बिछिप्त भएर आन्दोलित भई अदालत सम्म न्यायको भिग माग्न पुगेको कुरा समाबेश गरिएको छ ।
“ए आमा म जिउदै मरे” नामक गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ भने साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको शब्द, बिमलराज क्षेत्रीको संगीत, रमेश सेञ्चुरीको संगीत तथा कुमार रानाको मिक्सिङ रहेको छ ।
यस गीतको भिडियोमा प्रकाश भट्टको कथा, निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा जुना एस.डी. लगायत अन्य कलाकारहरुको बेजोड अभिनय रहेको छ । यस गीतलाई बिमलराज क्षेत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com