शिशिर बुढाथोकीको निर्देशनमा “ए मायाँ हे मायाँ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली गीत संगीतको बजारमा फरक-फरक स्वादका गीतहरु सार्वजनिक भैरहेका छन् । सोहि क्रमममा “ए मायाँ हे मायाँ” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा नवराज भण्डारी र सिम्रन परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई नारायण नेपालले आफ्नो शब्दद्वारा सजाएका छन् भने संगीत अनिल विरहीको रहेको छ ।

गीत निकै कर्णप्रिय बनेको छ र भिडियो पनि निकै आकर्षक बनाउने कोसिश गरिएको छ । भिडियोमा शिशिर बुढाथोकी, बिपना थापा मगर, सन्जिब भट्टराई र प्रतिक्षा खड्काको अभिनय देख्न सकिन्छ ।

“ए मायाँ हे मायाँ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन पनि उनै लोकप्रिय मोडल शिशिर बुढाथोकीले नै गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन मिन रावलले गरेका छन् । गीतलाई टेसाङ क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।