रचना रिमालको तीज गीत “ए बाबा मलाई नर्सिङ पढाइदेऊ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायिका रचना रिमालको तीज गीत ‘ए बाबा मलाई नर्सिङ पढाइदेऊ’ सार्वजनिक गरिएको छ ।  हरिप्रसाद भुसालको शब्द रहेको गीतको लय गोविन्द अनेकले तयार गरेका हुन् ।

गोविन्द अनेककै सङ्गीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन् । गीतको म्युजिक भिडियो पनि बनेको छ ।

भिडियोमा संजना गुरुङ लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा बुद्ध थापाले छायांकन तथा नवीन घर्तीमगरको सम्पादन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।