अप्सुको कारण इन्द्रको मनमा आगो’ (भिडियो सहित)

काठमाण्डौ । श्रोताहरुको चाहनालाई ध्यानमा राखेर विभिन्न गीत संगीत प्रस्तुत गरिरहेका लोकप्रिय गायक तथा सर्जक इन्द्र मगरले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “मनको आगो” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् ।

यस भन्दा पहिले पनि इन्द्रले थुप्रै गीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा उनको दखल देखिन्छ ।

गायक तथा सर्जक इन्द्रको भर्खरै सार्वजनिक भएको गीत “मनको आगो” मा इन्द्र मगर र अप्सु रुचाल मगरको सुमधुर स्वर सुन्न सकिन्छ । नारायण दंगालको संगीत संयोजनमा तयार भएको गीतमा लय तथा शब्द सृजना पनि गायक स्वयम् इन्द्रको रहेको छ ।

इन्द्र मगर द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोमा सुमन थापा, मन्जरी श्रेष्ठ, माया लामा, अप्सु रुचाल मगर र टेकेन्द्र क्षेत्रीको रोमान्चक अभिनय देख्न सकिन्छ । भिडियोलाई छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई इन्द्र मगर अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।