तिमी बिना” — वियोगका भाव, प्रेमको स्मृति र संगीतको आत्मा मिसिएको एक अविस्मरणीय म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कहिलेकाहीँ शब्दहरूभन्दा मौनता बोल्दछ। नजरभन्दा गहिरो हुन्छ नाता। र त्यही मौनता, त्यही सम्बन्ध, त्यही अधुरो कथा बोकेको एक अद्वितीय म्युजिक भिडियो “तिमी बिना” हालै सार्वजनिक भएको छ।

Nepali Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा भीमप्रकाश बुढामगर र सुजाता राईले अभिनयमार्फत एउटा विछोडिएको मायाको पीडालाई हृदयस्पर्शी रूपमा उतारेका छन्।

गीतमा प्रेम छ, अभाव छ, अनि छ — अधुरो सम्बन्धको सशक्त प्रस्तुति।

प्राविधिक पक्षमा निखार:

छायांकन (DOP): अनिल बडु

सम्पादन / रङ संयोजन: सबनम चौधरी

निर्देशन: अनिल बडु

प्रस्तुति: Next World Media

भिडियोको छायांकन, सम्पादन र भावनात्मक लयले दर्शकलाई आफ्नै प्रेमकथा सम्झिन बाध्य बनाउँछ। गीतमा प्रयोग गरिएका दृश्यहरू, कलाकारको अनुहारमा उत्रिएका भावनाहरू र संगीतको मिठास — यी सबैले “तिमी बिना” लाई एउटा मनछुने कला कृति बनाइदिएको छ।

भिडियो हेर्न तल  क्लिक गर्नुहोस् :