जुनिभर हाँसेर” सार्वजनिक

 

काठमाडौं — नेपाली आधुनिक संगीतमा नयाँ भावनात्मक प्रस्तुति “जुनिभर हाँसेर” सार्वजनिक भएको छ। लोकप्रिय गायक कृष्ण रेउले र निरन्त नम्बाङको सुमधुर स्वरले सजिएको यो गीतले प्रेम, मुस्कान र समर्पणको भावलाई उजागर गर्छ।

गीतको शब्द निरन्त नम्बाङले लेखेका हुन् भने संगीत संयोजन कृष्ण रेउलेको रहेको छ। गीतलाई आकर्षक बनाउने कार्यमा बिमल छिनालले अरेञ्ज र मिक्सिङ गरेका छन्। डायनामिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतका रेकर्डिस्ट लक्ष्मण विश्वकर्मा हुन्। संगीतमा थप मिठास दिन हेमन्त कान्छाको सारंगी र रत्न बि.के.को बाँसुरीको विशेष योगदान छ।

गीतको भिडियोमा कृष्ण रेउले, आरुशी मगर, निरन्त नम्बाङ र सन्तोष सेन्चुरीको सशक्त अभिनय देख्न सकिन्छ। छायांकन निर्देशक (DOP) अजय रेग्मी हुन्। कोरियोग्राफी विशाल स्याङ्जालीले गरेका छन् भने सह-कोरियोग्राफर श्याम पटेल रहेका छन्।

भिडियोलाई अझ आकर्षक बनाउन बिमला तामाङले मेकअप आर्टको काम सम्हालेकी छन्। सम्पादन तथा रङ संयोजनमा मिलन विश्वकर्मा र पोस्टर/सह-सम्पादनमा गणेश घताळ ज्ञानीले योगदान दिएका छन्। सम्पूर्ण पोस्ट-प्रोडक्सन ड्रागन पिक्चर्सले गरेको हो। भिडियो निर्माण व्यवस्थापनको जिम्मेवारी हरि अधिकारीले सम्हालेका छन्।

▶️ भिडियो हेर्नुहोस्:

👉 जुनिभर हाँसेर – हेर्न यता क्लिक गर्नुहोस्