काठमाण्डौ । दोलखाको शैलुङ्गेश्वरमा जन्मिएकी स्वस्थानी भुजेल सानै उमेरदेखी गीत संगीतमा रुचि राख्ने गाउन रुचाउने मीठो स्वर भएकी एक प्रतिभावान व्यक्ति हुन् । गाउँ घरमा हुने बिहे,पुजा रत्तेउली,मेलापात आदिमा गीत उनि गीत गाउने गर्दथिइन् ।
कलिलै उमेरमा बिबाह बन्धनमा बाधिएर घर व्यवहारमा फसेपछी मौलिक जादुमय स्वर हुँदा पनि उनी साँगीतिक क्षेत्रमा प्रबेश गर्न सकिनन् । आफ्नो ईच्छा र चाहनलाई मारेर जीवन चलाई रहिन् । अहिले उनी उमेरले पनि ५० कटीसकेकी छिन् तर पनि उनको गायकी अनि स्वरमा उही मौलिक पन रहेको देखिन्छ ।
यतिबेला आएर स्वस्थानीले पहिलो गीत रेकर्ड गर्ने मौका पाएकी छिन् । खासमा लोकप्रिय गायक दिनेश भुजेलको उनी काकी आमा हुन् । दिनेश भुजेलको जोडबलले नै उनी सांगीतिक क्षेत्रमा आएकी हुन् ।
दिनेश भुजेलको शब्द,सगीत, दिनेश भुजेल र स्वस्थानी भुजेलको स्वरमा “उडी जाने जेट” नामक निकै मौलिक अनि मीठो गीतको अडियो अहिले दिनेश भुजेलको युट्युब टपिक च्यानलबाट बजारमा आईसकेको छ । केही दिनभित्र भिडियो पनि आउँने कुरा गायक तथा सर्जक दिनेशले जानकारी दिएका छन् ।
अडियो सुन्न यहाँ क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com