काठमाण्डौ । लोकप्रिय गायक तथा शर्जक सुरेश बाग्दासले आफ्नो पछिल्लो प्रस्तुति “कान्छा कान्छी” भर्खरै बजारमा ल्याएका छन् । उनले यस भन्दा पहिले पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । नुवाकोटे युवा सुरेशको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त महोत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रमको यो अर्को निकै उत्कृष्ट उत्पादन हो ।
“कान्छा कान्छी” बोलको गीतमा सुरेश बाग्दास संगै अर्की लोकप्रिय गायिका शारदा रसाइलीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् ले तयार परेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा रामकुमार खतिवडा, सुरेश बाग्दास, सोनु तिमल्सिना, सदिक्षा पाण्डे र शितल गीतको अभिनय देख्न सकिन्छ ।
मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई सन्तोष तिमल्सिनाले खिचेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई सुरेश बाग्दास अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com