काठमाण्डौ । यहि आउँदो पौष महिनाको २५ गते देखि माघ ५ गतेसम्म राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को व्यवस्थापनमा “स्वच्छ, सफा हरभरा कागेश्वरी मनोहरा, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभिभारा “भन्ने मूल नाराका साथ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, थलीचौरमा रहेको खाली जग्गामा कागेश्वरी मनोहरा नगरपालिकाको परम्परागत कला, संस्कृक्ति, औद्योगिक व्यापार, घरेलु, कृषि, खेलकुद, पर्यटन प्रवर्द्धन निमित्त प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव-२०८१ आयोजना हुने भएको छ ।
उक्त स्थान काठमाडौं जिल्लाकै ऐतिहासिक, सांस्कृक्तिक एवं पर्यटकीय स्थानले भरिभराउ क्षेत्र भएकोले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ र कागेश्वरी मनोहरा नगरपालिका कार्यालयसंगै रहेको खाली जग्गामा महोत्सव गर्न लागिएको आज एक पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरी सकिएको र अब तत्कालै यस ठाउँमा स्टल निमर्माण लगायत अन्य कार्यको तयारीमा जुटी सकिएको पनि जनाइएको छ ।
महोत्सवमा १५० भन्दा बढी स्टलहरु राखिने र जसमध्य कागेश्वरी नगरपालिका भित्र रहेका ९ वटा वडा लाई कृषिजन्य उत्पादनको प्रदर्शन तथा विक्रिको लागि निशुल्क रुपमा एक-एक वटा स्टलहरु उपलब्ध गराईने भएको छ । बाँकी स्टलको साइजअनुसार न्यून शुल्क लिए व्यापारीहरुलाई स्टल उपलब्ध गराइने आयोजक सँस्था राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले बताए ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विविभन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोवाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी, धिमे बाजा प्रतियोगिता, लोपोन्मुख बाजागाजाको प्रवर्द्धन तथा मौलिक बाजागाजाको प्रदर्शनी, विज्ञान प्रविधिको प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, विभिन्न समुदायको खानाको प्रदर्शनी, २०० जनाभन्दा बढी राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, एसियाकै उत्कृष्ट बाल उद्यान, ऐतिहासिक पर्यटकीयहरुको फोटो तथा भिडियो प्रदर्शनी, धार्मिक कार्यक्रमको प्रदर्शनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुनेछन ।
त्यसैगरी महोत्सवमा विक्री हुने सामानहरु विशेष छुटको व्यवस्था हुनेछ । मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको वेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ । महोत्वव विहान १०:०० बजेदेखि बेलुका ८:०० बजे सम्म संचालन हुनेछ ।
महोत्सवमा उपत्यका, काठमाडौं, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका वासिन्दहरुले समेत लाभ लिन सक्ने आयोजकले जनाएको छ । महोत्सवलाई व्यवस्थित बनाउन विशेष सास्कृतिक कार्यक्रमका लागि पुस २६ देखि २९ र माघ २ गते देखि ५ गते सम्म रु. ५०/- र रु. ८० प्रवेश शुल्क लाग्ने र माघ १ गते विशेष सांस्कृतिक कार्यक्रम रहने भएकोले प्रवेशका लागि रु.१००/- र १५० को व्यवस्था गरिएको छ ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com