भनौं भने तिमीलाई हजार कुराहरु छन् ( अधुरो मन्जिल )

” भनौं भने तिमीलाई हजार कुराहरु छन् “

 

भनौं भने तिमीलाई हजार कुराहरु छन्

हजार कुराहरूमा धेरै त गुनासाहरु छन्

जति जति नजिकिन्छु झन् झन् टाढा हुन खोज्छौ
चोखो माया लाउन पनि दुनियाँको डर मान्छौ
मायाका कुराहरूमा धेरै त अप्ठ्याराहरु छन्

भनौं भने तिमीलाई हजार कुराहरु छन्
हजार कुराहरूमा धेरै त गुनासाहरु छन्

एकोहोरो माया म कति लाउ तिमी तिमी भनेर
नमानी डर मेरै भर पर आउ मायालु बनेर
गीतका यी भाकाहरुमा धेरै त आशाहरु छन्

भनौं भने तिमीलाई हजार कुराहरु छन्
हजार कुराहरूमा धेरै त गुनासाहरु छन्

© अधुरो मन्जिल 9841004502