“जिन्दगी के छ र” बोलको गीतबाट ठगुन्नालाई अन्तर्राष्ट्रिय म्युजिक आवार्ड

काठमाण्डौ । दार्चुला जिल्ला मार्मा गा .पा.- १ ताकुमा जन्मिएका लोक तथा दोहोरी गायक उमेश ठगुन्नाले थाइल्यान्डको बैंकमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक आवार्ड हात पार्न सफल भएका छन् । उनि बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छन् । कलाकार उमेश बिकृतिजन्य गीत संगीतबाट टाढा छन् ।

उनि शैक्षिक पेशामा समेत आबद्ध छन् । उमेशले “जिन्दगी के छ र” बोलको गीतबाट आवार्ड हात पारेका हुन । शैक्षिक एवम गायन क्षेत्रमा योगदान पुर्याउदै आएका उमेशका दर्जनौं गीतहरू चर्चित छन् । गायन क्षेत्रमा लामो समय सम्म योगदान दिंदै आएका उनी हाल कञ्चनपुरको शुक्लाफाटा न. पा.- ८ पारीफाटामा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

अवार्ड प्राप्त गरेपछि गायक तथा शर्जक उमेश ठगुन्नाले आफ्ना सांगीतिक प्रस्तुतिलाई यो स्थानमा पुर्याउन सहयोग पुर्याउनुहुने सम्पूर्ण श्रोता तथा दर्शकहरुलाई धन्यवाद दिएका छन् । साथै उनले आफ्ना समकक्षीहरुलाई पनि सम्झना गरेका छन् ।