काठमाण्डौ । विगतको चार वर्षयता निकै भव्यताका साथमा आयोजना हुँदै आएको राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को पाचौं संस्करण हुने भएको छ । यसका लागी आजैबाट १५ दिनसम्म फारम खुल्ला गरिएको जनाइएको छ । रिवार्डको फाइनल कार्यक्रमको भन्ने टुङ्गो लागी नसकेको तर दशैं अगाडी नै सम्पन्न गरिने सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले बताएकी छिन् ।
राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को चौथो संसकरणमा २३ विधा समेटिए पनि यसबर्ष भने २१ विधा समेटिएको छ । उक्त रिवार्डका लागी सामना म्युजिक क्रियसनको कार्यालय अनामनगर, रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको कार्यालय अनामनगर (राजु बोहरा) लगायतका स्थानहरुमा फारम उपलब्ध भएको बताइएको छ । बिस्तृत जानकारीको लागी फारममा उपलब्ध भएको मोबाइल नम्बरहरुमा सम्पर्क गर्न समेत आयोजक कमिटीले आग्रह गरेको छ ।
फारम भर्नका लागी २०७९ बैशाख देखि २०८० फागुन महिना भित्र प्रकाशित भएका गीत हुनुपर्ने छ । अवार्डमा सहभागिता हुनका लागी प्रति विधा रु १ हजार रुपैयाँ लाग्ने र एल्बमको हकमा रु ५ हजार लाग्ने आयोजकले जनाएको छ ।
उक्त अवार्ड पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको अध्यक्ष शाहले बताएकी छिन् । सामना म्युजिक क्रियशनले नेपाली गीत संगीतमा क्रियासिल कलाकारहरुलाई यस्ता कार्यक्रमबाट प्रोत्साहन गर्नुका साथै सामाजिक तथा गीत संगीतकै क्षेत्र सम्वृद्धिका निमित्त जुटिरहेका व्यक्तित्वहरुलाई समेत सम्मान गर्दै आएको छ ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com