चन्द्र शर्माको हातमा वर्ष कै सर्बाेत्कृष्ट गायकको अवार्ड

काठमाडौं । गत सनिबारको दिन काठमाडौंको प्रज्ञा भवन कमलादीमा पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड निकै भव्यताका साथ् सम्पन्न भएको छ । उक्त समारोहमा गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । बन तथा बातावरण राज्यमन्त्री रुपा बि .क.को प्रमुख आतिथ्यता सम्पन्न भएको सो कार्यक्रममा ‘अच्छा लेकिन, बोलको गीतबाट गायक चन्द्र शर्माले अवार्ड हात पार्न सफल भएका थिए ।

शर्मा बिगत लामो समयदेखि नेपाली मौलिक लोक संस्कृतिको पक्षमा उभिंदै आएका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्वअध्यक्ष समेत हुन् ।

शर्मा नेपाली लोक तथा दोहोरी गीत सांगीत क्षेत्रमा निरन्तरता र परिस्कृत ढङ्गबाट अगाडी बढेकै कारण यी र यस्ता विभिन्न कार्यक्रमहरु बाट सम्मानित हुँदै आएका छन् । बिकृतिजन्य गीतहरुको नाममा उनले कहिले विवाद खेप्नु परेन । अहिलेका नवपुस्ताहरुलाई पनि शर्माले आफ्ना प्रस्तुतिबाट पाठ सिकाउँदै आएका छन् ।

चर्चित भन्दा पनि लोकप्रियतालाई ख्याल राख्दै सांगीतिक यात्रा अगाडी बढाउँन समेत उनले सबैलाई आग्रह गर्दछन् । शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पुर्वअध्यक्ष भैरहँदा पनि आफ्नो कार्यकाल झैँ आज पनि संस्था हित र कलाकारको पक्षमा बोल्दै आएका छन् ।

उनले पछिल्लो समयमा सार्वजनिक भएका तीज गीतलाई मौलिक तीज गीत भन्न नपरोस् भन्ने धारणा राख्छन् । किन कि तीज आफैंमा मौलिक पर्व हो, यसैको पेरिफेरीमा रहेर सम्पूर्ण कलाकारहरुले आफ्ना सांगीतिक उत्पादन सार्वजनिक गर्नु भयो भने, यो मौलिकता बोकेको गीत हो भनेर भनिरहनु नपर्ने शर्मा बताउँछन् ।

वरिष्ठ गीतकार प्राध्यापक डा.कृष्ण हरि बराल र गीतकार माधव खरेलको हातबाट अवार्ड हात पारेपछी जिनियस म्युजिक अवार्ड कै समारोहमा संचारकर्मी संग कुरा गर्दै शर्माले उक्त अवार्डले आफुलाई अझै जिम्मेवार बनाएको र आगामी दिनमा थप उत्कृष्ट गीत संगीत पस्किने प्रतिबद्धता जनाएका छन् । साथै आफुलाई अवार्ड प्राप्त गर्न लायक सम्झिएर अच्छा लेकिन बोलको गीतबाट अवार्ड प्रदान गर्नुहुने आयोजक, निर्णायक ज्यु, र सम्पूर्ण श्रोता तथा दर्शकहरु प्रति उनले आभार प्रकट गरेका छन् ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो । गत सनिबार सम्पन्न भएको यस अवार्डको यो पाचौं संस्करण हो ।