क्षणिक चर्चाका लागी रत्यौली खेल्नेहरुले एक पटक हेर्नै पर्ने सुवास रेग्मीको तीज “मै छोरीलाई गाह्रो भो” बजारमा

काठमाण्डौ । बिकृति र विसंगतिले भरिपूर्ण विभिन्न तीज गीत बजारमा आइरहँदा बिन्ध्यबासिनी म्युजिक प्रालिले सुवास  रेग्मीको नाममा एक मौलिक तीज गीतलाई भर्खरै सार्वजनिक गरेको छ । उक्त गीत “मै छोरीलाई गाह्रो भो” बोलको रहेको छ । बैबाहिक बन्धनमा बाँधिएर कर्मघर पुगेकी एक चेलीको पिंडादायिक कथावस्तुमा तयार भएको गीत साँच्चै तीज गीत हो भन्न लायकको बनेको छ । क्षणिक चर्चाका लागी तीज गीतको नाममा रत्यौली खेलिरहेका केहि नामका कलाकारले पनि यो गीत एक पटक सुन्नै पर्ने देखिन्छ । किन कि तीज गीतको यथार्थता के हो, ‘मै छोरीलाई गाह्रो भो, बोलको गीतले राम्रै सिक्षा दिएको छ ।

बिश्वास नेपालको संगीत संयोजनतमा तयार भएको गीतमा सिमा नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ । खेम पुनको लय र अर्जुन सुबेदीको शब्दद्वारा सजिएको यस गीतको म्युजिक भिडियो पनि आहा .. भन्न लायकको बनेको छ । भिडियोमा निहारिका थापा लगायक कलाकारहरुको अभिनय देख्न सकिन्छ । स्मृति तिमल्सिना गुरुआमाको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोलाई करन चैंसिरले खिचेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।