बसन्तीको स्वरमा असारे गीत “किशाने चाहना” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । असार महिनाको अन्त्य हुन लाग्दा पनि असारे गीतहरु बजारमा आउने क्रम रोकिएको छैन । यस महिनामा यस्ता गीतहरु बजारमा आउनु आवस्यकता पनि हो । यस्तै आवस्यकता र आफ्नै कला संस्कृति अनि मौलिकताको जगेनार्थ श्री माया बल तामाङ्गको प्रस्तुतिमा “किशाने चाहना” बोलको असारे गीत भर्खरै सार्वजनिक भएको छ ।

सानैदेखि गीत संगित अत्यन्त पराउने र साँस्कृतिक कार्यक्रमहरुमा भाग लिँदै आफ्नो सांगीतिक यात्रा फराकिलो बनाउँने गायिका बसन्ती लामाको सुमधुर स्वर यस गीतमा सुन्न सकिन्छ । उनि भन्छिन्, “आफैलाई थाहा छैन यस क्षेत्रमा किन लागें, तर सानै देखि आफू मरेर गएपनी आफ्नो स्वर अर्थात किर्तिहरु यस धर्तीमा रहिरहोस भन्ने इच्छा थियो ।”

गायिका बसन्तीकी आमाले पनि गीत गाउने गर्थिन् । उनि अहिले स्वर्गीय भैसकेकी छिन् । आमाको साथै सानो हुँदा अरुणा लामा, नारायणगोपाल लगायतको गीतहरु धेरै सुनेर पनि आफुलाई यस क्षेत्रमा अगाडी बढ्न प्रेरणा मिलेको बसन्ती बताउँछिन् । उहाँहरुको अन्यष्टिको बेला पाएको राष्ट्रिय सम्मान र धेरै मलामी देखेर मलाई पनि उहाँहरु जस्तै बन्ने चाहाना जागेको उनको भनाइ छ ।

अहिलेसम्म लगभग ५०/५५ वटा गीत बसन्तीले गाइसकेकी छिन् । उक्त गीतहरु नेपाली भजन, आधुनिक, भाषा-भाषी, लोकगित, तिज गीत, तामाङ सेलो, पप गीत, राष्ट्रिय गीत, जनचेतनामुलक प्रहरी गीत, जनवादी गीत, फिल्मि गीत, लोकाधुनिक गीत, ताम्बा गित आदि रहेका छन् ।

पहिले र अहिलेको कलाकारितामा परिवर्तन र भिन्नता धेरै भएता पनि उनि अहिले डिजिटल प्रब्रिद्धिमा भिज्दै आफ्नो सांगीतिक यात्रालाई शसक्तता दिंदै आएकी छिन् । बसन्ती भन्छिन्, “पहिले पहिले गित सुन्ने चलन थियोे तर अहिले गीत हेर्ने चलन आएको छ । यस्तै फरकहरु छन् । लिङ्गको आधारमा पारिश्रमिकमा विभेद नभएता पनि चलेको र नचलेको आधारमा विभेद छ चाहे त्यो कलाकार प्रतिभावान किननहोस् विभेद हुन्छ” ।

“नेपाली समाजमा गीत संगितको स्थान ठिकै छ तर राज्यले यस क्षेत्रलाई कुनै स्थान दिएको छैन । कोहि नाम कमाउन कोहि दाम कमाउन, कोहि भाइरल हुन र कोहि आत्मसन्तुष्टि लिन गीत गाउँछन्, उनि बताउँछिन्” । पढेर कानुन क्षेत्रमा सेवा गर्ने बसन्तीको सोच थियो । तर त्यो पुरा नहुने भएपछि गीत गायर आफ्नो परिचय बनाउने बाटो कोर्चं लागेको उनि बताउँछिन्” । “पारिश्रम नपाउने ठाउँमा मैले खासै काम गरेकी छैन” ।

नाम र आत्मसन्तुष्टिको लागि यस क्षेत्रमा समर्पित भएकी उनि सुरुवाती दिनहरुमा संगित सिक्ने क्रममा अत्यन्तै संर्घष गर्नु परेको दिन संम्झिन्दै धेरै पल्ट एक्लै बसेर रोएको बिगत सम्झिन्छिन् । राम्रो कलाकारको भविष्य अझै छ । जिन्दगीमा खासै केहि गुमाउनु परेको छैन । धेरै दर्सकश्रोताको माया पाएकी छु भन्दै गायिका बसन्ती आफ्ना सम्पूर्ण श्रोता तथा दर्शकहरुलाइ धन्यवाद व्यक्त गर्छिन् ।

हाल तराना कलाकेन्द्र मार्फत धेरै संगीतका प्रसिक्षार्थीहरुलाई संगीतको ज्ञान बाँड्दै आएकी उनै बसन्तीको लयले सकिएको असारे गीत हो यो “किशाने चाहना” । गीतलाई शब्द भने श्री माया बल तामाङ्गले लेखेकी हुन् ।

गीतको भिडियोलाई नेपाली मौलिक रितिरिवाज अनुसार तयार पारिएको छ । भिडियोमा श्री माया बल तामाङ्ग बसन्ती लामा लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । आदित्य बुढाथोकी द्वारा निर्देशित भिडियोलाई छायांकन अवि सापकोटा, बिक्रमले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका छन् । यस गीतलाई बसन्ती लामा तामाङ्ग युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।