काठमाण्डौ । एक सफल व्यवसायी जसले नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त कयौं त्याग गरे, उनै कलाकार द्वय गोकुल प्रसाद ढकाल र कुमार सुनेलको पछिल्लो लोक दोहोरी गीत “चड्कनि” भर्खरै बजारमा आएको छ । उनीहरु द्वयले घाइते मुटु बोकेर, गङ्गा र जमुना, दिलको दरबार, रातो भाले खाउँ, पिपलुको छायाँ, लगायत थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
गोकुल र कुमार गीत चलाउने बहानामा यस क्षेत्रमा बिकृति भित्र्याउन चाहँदैनन् । बरु उनीहरु गीतबाट नै एक तिरले दुई सिकार भने झैं आफ्नो व्यवसायको बिज्ञापन गर्न भ्याउँछन् । यसैको प्रतिफलको रुपमा रातो भाले खाउँ र पिपलुको छायाँ बोलको गीत हो । यी दुई गीतले सम्पूर्ण संगीतका पारखीहरुलाई सांगीतिक आनन्द मात्र होइन उनीहरुको व्यवसायको बिज्ञापन समेत गरेको छ ।
यस पटकको गीतमा भने बिज्ञापन समाबेस गरिएको छैन । नितान्त सांगीतिक आनन्द प्रदान गर्नका लागी यो गीत तयार गरिएको गोकुल र कुमार बताउँछन् । प्रस्तुत गीतलाई लय सागर लामाले भरेका हुन् भने शब्द अर्जुन सुबेदीले भरेका छन् । गीतमा कुशल बिस्वकर्मा र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ ।
यस गीतको म्युजिक भिडियोमा मोडल कुमार सुनेल फरक लुक्समा प्रस्तुत भएका छन् । उनको जोडीको रुपमा काव्य खड्कालाई देख्न सकिन्छ । निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई राजाराम सिम्खडाले छायांकन गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । ” “चड्कनि” बोलको गीतलाई कुमार सुनेल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com