हेप्नै पर्ने के देख्यौर जातमा ? सबिता बि.क अभागि आँसु दोलखा “हाल दुबई”

संगीत सरोबर डट कम – राजु बोहरा – काठमाडौँ । पेसाको आधारमा बर्ग छुटाईदिए जातको आधारमा धर्म ४ जात ३६ वर्ण यो राजाको पालाको कुरा अहिलेको लागि एउटा उखान जस्तै हो । हामि त २ जात भनि छुटाउछौ १ महिला २ पुरुस । भन्न त गणतन्त्र आयो लोक तन्त्र आयो जातिय छुवाछुत अन्त्य भयो कानुनि रुपमा नै जातिय छुवाछुत गर्ने लाई कानुनी कारबाहि हुने उल्लेख सम्म गरे तर कहाँ जान्छ त जब दलित कामी दमै सार्की भनि दलित हेपिन्छन् त्यति बेला कहाँ जान्छ कानुन अनि दलितको हक हितको लागि खोलिएको सरकारि गैर सरकारि संस्था कुन ध्यानमा हुन्छन् ? निकाएका भरौटे हरु दलित जनता बाटनै निर्बाचित भई सत्तामा पुगेपछि उनिहरुलाईनै हेप्ने समाज क्या गजबको छ है !! कुकुर पस्न हुनि मन्दिरमा तर दलितको बच्चा पस्दा समातेर हात खुट्टा बाँधि पशुलाई जतिकै कुट्ने हाम्रो समाज वा क्या परिबर्तणसिल छ है !! निर्दोस लाचार महिला माथि हिङ्सा गर्ने र सोझि साझा महिलालाई बोक्सिको आरोपमा दिशा पिसाब खुवाउने हाम्रै समाज कति महान छ है छि…. दलित भन्नि बितिकै कुनै पनि निकाएले वास्ता गर्दैन , केही परि आएको केस हेर्दैन , एउटा निर्दोस बालकले सजाय पाउने ठाउँ एउटि लाचार आमाँलाई दिशा पिसाब खुवाउने ठाउ अनि सत्तामा भत्ता खान नपुगुन्जेल तिमिहरुको हक हितको लागि हामी छौँ भन्दै भासन मै सिमित हुने पनि हाम्रै ठाउँ नेपाल रहेछ , धिकार छ नेपाली जनता भएकोमा ….. काटे रगत रातै निचोरे दिसानै आउँछ सबैले आफ्नै पौरख खाएर बसेका हुन्छन् दुई छाक टार्न कुनै ठुलो बडाको चुलो चाहर्दैन्न बरु खोलेमा रमाउने सहनसिल र स्वाभिमानि हुन्छन…… सबैले कुरा त २१ सौँ शताब्दी हो । सबै परिबर्तन भईसकेको छ भन्छन तर बेबहारमा २००७ साल अझै गएको छैन जस्तै लाग्छ । मान्छे ईस्वोरले दिएको बरदान हुन । सबैले आफ्नो तरिकाले जिउन पाउने अधिकार छ कामिले बनाएको त्रिशूल पण्डितले लगेर मन्दिर भित्र पबित्र भन्दै चढाउछ त्यहि मन्दिरमा त्रिशूल बनाउने मान्छे पस्न नहुने आखिर कुन ग्रनथमा लेखियको छ ?? जान्न चाहन्छौ….लुगा सिउने दमै भनेर हेप्छन जस्ले सिलाएको लुगा पबित्र ठाउँहरुमा सुभ कार्यमा लगाईन्छ तर त्यहि सुभ कार्यमा टाढा बस्नु पर्नेअ रे दमै चाँहि ….अनि कुरो सार्किको पनि …जस्ले सिलाएको जुत्ता सानले पार्टि सेमिनार धाउन हुन्छ अनि तेहि काम गर्ने लाई चाहि दलित अछुत भनि हेप्छन जस्ने राम्रो काम गर्छ , जस्को मन सफा छ , उनिहरुनै दलित अछुत भए भने यो समाजमा चोखो चाहि को ????? मानिस हरुनै पशु भन्दा तल गिरिसके जात पात धर्म नभुल्ने हरु आज मानबिय धर्मनै भुले पछि मन्दिर गएर पुण्य कमाउछु भन्नि के घमन्ड गर्छौ ??…… घाँस खाए हुन्छ बरु मानिस र पशुमा फरक रहेन । सरकारी निकाए र दलितको लागि खोलिएको सरकारी वा गैरसरकारी निकाय अन्धो भयो । केहि काम नै रहेन… एउटा निर्दोस महिलालाई दिशा पिसाब खुवाई कुट पिट गरि मारेर सामाजिक सन्जाल फेसबुक छपक्कै भरियो तर त्यहि जिल्लाको CDO साप ले थाहा सम्म पाउनु भएन अरे ! संचार माध्यमहरुमा यो कुरालेछपक्कै भयो । धिकार छ कानुनका कैदि हरुलाई अनि धिकार छ मानबियता गुमेका मानव हरुलाई अनि धिकर छ अहिलेको परिस्थितिमा पनि रुडिबादि निम्त्याउने समाजलाई….. .

सबिता बि क अभागि आँसु 

दोलखा भिमेस्वोर नगरपालिका ६ ( हाल दुबई)