शारदा रसाइली, मिलन सेवा र सुरेश बाग्दासको स्वरमा “लाहुरे पल्टन” बजारमा (भिडियो सहित)

काठमाण्डौ । नुवाकोट जिल्ला आफ्नो जन्म थलो भएका गायक तथा सर्जक सुरेश बाग्दासले विस्तारै लोकप्रियता बटुल्दै छन् । आधुनिक गीत संगीतबाट सांगीतिक यात्रा शुरु गरेका उनले अहिले विभिन्न लोक तथा दोहोरी गीत प्रस्तुत गरिरहेका छन् । केहि समय अगाडी मात्रै सुरेशको प्रस्तुतिमा “के छ खबर’ बोलको गीत सार्वजनिक भएको थियो ।

उक्त गीतको चौतर्फी सफलतापछी अहिले उनले मिलन सेवा संग सहकार्य गर्दै अर्को गीत “लाहुरे पल्टन” बोलको गीत ल्याएका छन् । पेशाले राष्ट्रसेवक रहेका उनि नेपाली गीत संगीतलाई आफ्नो जीवनको यात्रामा अपरिहार्य रुपमा लिन्छन् । यसका साथै कला क्षेत्रमा लागेपछी कुनै पनि विधाका गीत संगीतमा दखल राख्न सक्नुपर्ने उनि मान्यता राख्छन् ।

मिलन सेवा र सुरेश बाग्दासको पछिल्लो समय बजारमा आएको गीत “लाहुरे पल्टन” मा शारदा रसाइली, मिलन सेवा र सुरेश बाग्दासको सुमधुर स्वर सुन्न सकिन्छ । सार्वजनिक भएको छोटो समयमा नै धेरै श्रोता तथा दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएको यस गीतलाई नारायण दंगालले लय भएका हुन् भने शब्द पि बि एन को रहेको छ ।

गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र मिलन सेवालाई देख्न सकिन्छ । सुरेश बाग्दास अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी अमर एम एक्सले गरेका हुन् भने छायाँकन बिशाल गोङबा, गोपाल बि सी र सम्पादन रोशन धितालले गरेका छन् । कलाकार सुरेशले पहिलेका गीतलाई जस्तै यस गीतलाई पनि माया गरिदिनुहुन सबैमाझ अनुरोध गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।