जापानी गायिका सुन्दरी मिकाको स्वरमा “मै छोरीको आँखै राम्रो” बजारमा (भिडियो सहित)

काठमाण्डौ । विदेशी नागरिक सुन्दरी मिकाको स्वरमा भर्खरै एक गीत सार्वजनिक भएको छ । नेपाली गीत गाउने जापानी गायिका उनको जन्म अक्टोबर १६, १९७० मा टोकियो जापानमा भएको हो । १९९३ मा, सुन्दरी मिका पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् ।

उनि नेपाल भ्रमणमा आउँदा नेपाली गीत संगीतप्रति आकर्षित भइन् । फलस्वरूप उनले आफ्नो पहिलो एल्बम “नेपाली भाषा र जापानी भाषामा २००३  मा सुन्दरी” र २००८ मा  दोस्रो एल्बम “आशाबादी  सार्वजनिक गरिन् ।

करिव १७ वर्ष नेपालमा बसेर यहाँका भाषा संस्कृतिको अध्यन गरेकी उनि २०१९ मा जापान फर्किएकी हुन् । सुन्दरीले सन् २०२२ जनवरीमा आफ्नो सांगीतिक यात्रा पुनः सुरु गरेकी थिइन् । उनी अझै पनि जापानमा बस्ने नेपाली संगीतकारहरूसँग नयाँ कामहरू सिर्जना गरिरहेकी छिन् । सोहि क्रममा अहिले सुन्दरीको स्वरमा “मै छोरीको आँखै राम्रो” बोलको गीत सार्वजनिक भएको छ ।

प्रस्तुत गीतमा पद्मा लिंखा मगरको शब्द रचना रहेको छ । गीतकार पद्मा पनि अहिले अमेरिका रहेकी छिन् । उनले अनेकौं साहित्यिक रचनाहरु बेलाबखत प्रकासनमा ल्याईरहेकी छिन् । माथि उल्लेखित गीतमा बिश्वास नेपालको संगीत रहेको छ । गीतमा सुन्दरीलाई सरिता बिस्वकर्मा र करण श्रीपालीले स्वरमा साथ दिएका छन् ।

यस गीतको म्युजिक भिडियोमा सुन्दरी स्वयम् देखिएकी छिन् । चित्रमस्की मगरको निर्देशन तथा कोरिग्राफीमा तयार भएको भिडियोलाई महेश महराले छायांकन गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई सुरेश बानियाँ अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।