मृत्यु पछि पत्रकारलाई गाह्रो नपारौँ कलाकार ” सौगात आशक “

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । अचेल गीतसंगीतमा आधुनिकताको प्रभाव सजिलै देख्न पाइन्छ , अझ लोक गीत–संगीतको क्षेत्रमा आधुनिकताको प्रभाव विशेष छ । प्राय विवादमा पनि तानिरहेका हुन्छन् यस्ता गीतहरु । समय अनुसारको परिवर्तन जायज तथा अपरिहार्य छ । तर प्राय विवादको हकमा गायक, संगीतकार, गीतकार तथा कलाकारले केहि मर्यादा लत्याएकै कारण विवाद उत्पन्न हुने कुरामा दुई मत छैन् ।
पहिलेका तीजका गीतमा नारीका वेदना हुन्थे, नारीहरु भेला भएर गीतका माध्यमबाट वेदना पोख्थेँ, माइती जान नपाएको गुनासो हुन्थे, अहिले जस्तो हातहातमा मोबाइल नभएकै कारण माइतीसँग कुरा हुन पाउदैन थियो । त्यो समयमा त्यस्तै शब्दहरु गाइन्थे, त्यस्तै वेदनाहरु पोखिन्थे । हिजो आज हात हातमा मोबाइल छन् , घरघरमा इन्टरनेट छन्, बाटो तथा हवाईको यात्रा सहज छ । माइती देख्न नपाएको धेरै भयो, आमासँग नबोलेको धेरै भयो, यस्ता वेदना सायदै आजको नेपाली समाजले स्विकार गर्ला । अब समाज त्यस्तो रहेन भनेर तीजका गीतमा पूर्णविराम लगाउने कुरा पनि त भएन । त्यसैले परिमार्जित रुपमा गीतहरु आउनु स्वभाविक हो र आइ पनि राखेका छन् ।
नेपालको सन्दर्भमा गीतसंगीत क्षेत्र कै मुख्य जिम्मेवार क्षेत्र हो लोक गीतसंगीत । लोक गीतसंगीत नेपालीहरु को पहिचान हो । आधुनिक सुगम संगीत, पप तथा अन्य गीतसंगीतमा रहेको बिकृतिले त्यस गीतसँग सम्बम्धित ब्यात्तिलाई असर पर्छ, तर लोक संगीतमा रहेको बिकृतिले सिङ्गो देशलाई असर पुर्याउछ ।
स्टेजमा चढेर गाउने दोहोरी छाडापनले प्रभावित छन् । गायिकाले गीत भन्दा पनि आफ्ना स्तन र कम्मर हल्लाउन बढी जोड गर्छन । गायकले चाहि जसरी पनि गीत मोडेर यौन विषयमै पुर्याउन जोड गर्छन् । परिवार सहित गएका लोक गीतसंगीत प्रेमीका मनमा लोक गीतसंगीत प्रति बितृस्ना श्रीजना त गर्दैन, यसमा पनि सजक रहन जरुरी छ कलाकार । क्षणिक मजा लिरहेका दर्शकको नजरमा पनि आफ्नो हैसियत कुन स्थानमा रहला, सोच्न जरुरी छ कलाकारले ।
जुनसुकै सांगीतिक क्षेत्र होस, मलामी कमाउने क्षेत्र हो । मरेपछि पनि जताततै छाउनु नै जिवन बाच्दासम्मको सफलता हो । गीत संगीत रचना गर्दा वा लोकार्पण गर्दा यति कुराको ख्याल गरौँ, म मरेपछि पत्रकारले मेरो बारे के लेख्ला । कोही पनि कलाकारको मृत्यु पश्च्यात पत्रकारले यस्तो समाचार लेख्न नपरोस – ढाडे बिरालो, कनाइदेउ न बाई, स्याउ खान्छेउ कि केरा,  कस्तो गर्न मन ला छ , ओइ ज्योति देउन एकचोटी, जस्ता चर्चित गीतका गायक / गायीका / रचनाकार/ संगीतकारको निधन । त्यसैले गीत संगीत भित्रको बिकृतिलाई आजैबाट आफ्नो तर्फ बाट निर्मुल पार्न लागि परौं ।

लेखक  ” सौगात आशक “