तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको !
तिम्लाई सम्झी म मरेर बाँचेर हो मन रोएको !!
छुटेको साथ टुटेको दिल भ ता भुङ्ग जिन्दगीको !
अनायासै सोझो यो मन भाँचेर हो मन रोएको !!
नटक जस्तै जिन्दगीको देखावटी हाँसो !
भित्री मन रुवाउदै नाचेर हो मन रोएको !!
राम जस्तो सत्यवादी बन्न खोज्दा यो कलिमा !
सितालाई झै पापिनीले जाँचेर हो मन रोएको !!
गणेश चौलागाई
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com