संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । आमाहरु सधै सबैका अगाडी गन्थन गरिरहन्छन् । जती कठोर भए पनी सौभाग्य मै जान पाए कती आनन्द हुन्थ्यो तर बा ! चुपचाप सुनिरहन्छन् , मुस्कुराई रहन्छन , त्यो मुस्कुराहट भित्र एउटा बेग्लै पिंडा मिसिएको हुन्छ । बा को त्यो भबिस्य को एक्लोपन सम्झेर । साच्चै आमाले भने झै सौभाग्य मै आमा गईन भने बा त कती एक्लो हुन्छन् त्यसको लेखा जोखा न आमाले कहिलै गरिन न गर्नेछिन न छोराले न छोरीले, बुहारी अनि नाती नातीना को त कुरा , धेरै परको ।
बालखैमा बिहे गरीदिएर जबर्जस्ती जिम्मेवारी थमाइदिएका बा ले जवानिको सुख भोग सायदै गरे होलान । स-साना लालाबाला घर भरी तिनीहरुको पालन पोषण सिक्षा दिक्षा , ठुला बा आमाहरुको स्याहार सुसार स्वास्थ्य उपचार , दिदी बहिनीको बिहे , बिहेमा लागेको रिण सबै बा को कर्तब्य अनि जिम्मेवारी थियो । बाले आफ्नो कर्तब्य कहिले भुलेनन् । आफ्नो घुडा फाटेको कहिले नदेख्ने बा ले , आमाको चोलिको कुम फाटेको पहिले देख्थे । आफ्नो चप्पल सुतलिले अड्काएर तुशारो भाड्दै नाक बाट तप्प तप्प पानी बग्दा अगेनाको भुङ्रो कहिलै खोजेनन् बा ले , बरु छोरा छोरीको नाङ्गो गोडा सम्झिएर चप्पलको चाँजो पाजो मिलाउने चटारोमै लागिरहे । आमा भने सधै अगेनाको दाउरा झोस्दै जीवन बिताइरहिन , तै पनी बा कुनै दिन साँझ घर फर्कन ढिलो भयो भने गफ चुटेर गाउँमा बरालिएको भन्न छोडिनन् । छोरा छोरी जन्माइ दियो आफु सधै बाहिर बाहिर हिड्यो सारा घर गोठ केटा केटी मैले मात्रै सम्हाल्नुपर्ने भन्न छोडिनन् । तर बाले प्रतिउत्तर कहिलै दिएनन् मात्रै मुस्कुराइ रहें बोझिलो छाती लिएर भएपनी । सायद आफ्नो घर बारीको साँध सम्म थाहा थिएन आमालाई , छोराछोरी ठुला हुँदै जादा आबस्यकताका धरहरा ठ्ड्याउथे बा का अगाडी , तर ति नानिहरुलाई थाहा थिएन न आमाहरुलाई नै थाहा थियो । ति धरहरा पुरा गर्न बा ले सगरमाथा कतिपटक चढ्नुपर्ला भनेर ।
नौ महिना सन्तान गर्भमा रखेर जन्म दिनुपर्ने नारीका लागी यो प्राकृतिक नियम हो । तै पनि बा बिना आमा कहिलै आमा बन्ने थिइनन् अपसोच आमालाई त्यो कुराको बोध कहिलै भएन आमा सिर्फ सन्तान जन्माइदिएको ले बा ले बाउ बन्न पाएको मा गर्व गर्नुपर्छ भन्ठान्थिन् तर जन्मिसकेपछी तेही सन्तानको आङ ढाक्ने एकसरो कपडा तेही बाउ को पसिना बेचेर नल्याए आमाले आफु नाङ्गिएर मक्किएको एउटा धोती पनि च्यात्न बाध्य हुन्थिन , तर त्यो कुराको बोध पनि आमाले जीवन भर गरिनन सधै बा लाई टोकेसो गरिरहिन । मिठो खान नपाएको राम्रो लाउन नपाएको भात भान्छाको जीवन कटाएकोमा । सन्तान सबै राम्रा असल कहाँ हुन्छन र कुनै सन्तान ले गलत नराम्रो गरे सधै आमा बाउ गोता गईस भनेर कराउथिन् तर गर्व गर्थिन् मैले जन्माएको सन्तान भनेर , बा सधै मौन भए कहिलै प्रतिबाद गरेनन । तिमीले जन्माएको सन्तानले यस्तो गर्यो भनेर ।
आमाले सधै राम्रो कामको श्रेय लिई रहिन् , नराम्रो भए बाले भनिरहिन् , तर बाले सधै आमालाई माफी दिइरहे किनकी बा लाई यो स्वार्थी दुनिया र यस्को रित सबै थाहा थियो , बिचराआमा घरको चार भित्तामा सिमित थिइन् तैपनी आमा कहिले काँही घरमै गए झै गरी अमेरिका युरोपका गफ चुट्थिन् , त्यति बेला बा पेट मिची मिची हाँस्थे र मन मनै भन्थे भ्यागुताको सन्सारै कुवा भनेर आमाका छोरा छोरिका हरेक गल्ती बा का लागी सामन्य हुन्थे किनकी बाले आमालाई जहिले आफ्नो जिम्मेवारी सम्झिरहे । आमाले बाउ प्रतिको एउटा अन्जान बेजोड मायालाई बाले नजिक बाट बुझेका थिए र त बा ले हर कुरा सुइकार्थे , आमाले जे गरेपनी अर्धाङ्गिनी हो मेरी । समय चल्दै गयो बा बुढो भए , छोराछोरिहरुको बिहेदान गरेर आ-आफ्ना घर लागे , छोरा बुहारी आउने क्रम चल्दै थियो हिजोको शक्ती सबै घटेर जोस जाँगर हराएको थियो मन मस्तिस्क कम्जोर भएको थियो , हिजो मेरो सन्तान मेरो शक्ती भन्ने आमाको शक्ती सुस्ताएको थियो , अब घर सन्तान सबै बुहारी को भएको थियो , तर आमाको जस्तो सान्त सालिन अनि भद्र सैली थिएन , सायद यो समय को माग हो यही सोचेर बुढा बा , आमाले सुन्नु पर्ने पनि सुने , केहि नसुन्नु पर्ने पनि सुने , भोग्नुपर्ने पनि भोगे नभोग्नु पर्ने पनि भोगे ।
बिहे गरेपछी छोरो पराई भयो भनेर सयौं चोटी बा का अगाडी आमा रोइन , कराईन , तर बाले कहिलै आफ्नो पिडा कसैलाई सुनाएनन् । छोरा ठुला भए जाती भय धेरै कमाउने भए बा आमाले जन्माएको हुर्काएको पढाएको भन्ने कुरा सायद मनन गरेका थिएनन् र त संधै घोच पेच गरिरहे तपाईहरुले हाम्रो लागी के गरिदिनु भएको थियो र भनेर ! त्यति बेला आमाले छोराका हर कुरा खन्डन गर्न थालिन् मात्रै नराम्रो भैइन् उनिहरुकै नजरमा तर बा सधै मौन रहि रहे किनकी बा लाई थाहा थियो कर्तब्य बोध कसैलाई कसैले गराएर हुँदैन त्यो त स्वबिवेकले आउनुपर्छ भनेर । उमेर ढल्दै गयो पिरै पिरको पहाड थाम्न नसकेर उमेरमा ठट्यौली पारामा गरेको कुरालाई सार्थक पार्दै एकदिन बा लाई सदाको लागी एक्लो गराएर आमा गैइन् ।
कहिले कसैकाअगाडी नबगेका बा का आँखाले सप्त कोशी बगाए आमाको बियोग मा । साच्चै बा एक्लो भए नितान्त एक्लो । बिरही ! अकालमा ज्यान फाल्न नसकेका बा लाई हरेक दिन कष्टकर थिए । बेला बेलामा भेट्न छोरी ज्वाई नाती नाती नि आउथे सान्त्वोना दिएर जान्थे तर बुढाको दु:ख बुझ्ने कोही थिएन । आमा एक्ली हुदिहुन त छिमेकी आमा सङ्ग रुन्थिन होला , तर छिमेकी बा सङ्ग गएर रुन बाको नैतिकताले दिएन । छोरा बुहारिको इज्जतको डर सदैब लागिनै रह्यो । बा को कमिजमा भएको मैलाको टाटो बुहारीले कहिले देखिनन् छोराले एकदिन लगाएको सर्ट ३ पटक साबुन लगएर ५ पटक पखालेर सुकाउदा , त्यहि आगनको डिलमा भएको बाको कमिज अलपत्र पर्यो । नाती नाती नातिना धेरै सुख सुबिधा बोली साध्य थिएनन् , बुढा बा संग दुइ बचन बोल्नै फुर्सद नपाइने गरी ब्यस्त थियो छोराहरुको दैनिकी । कुनै दिन त बा ले भन्थे यस्तै भयो भने म अब बोल्नै बिर्सन्छु होला भनेर । एक्लो पनले भित्र भित्रै खाएका बा लाई एक गिलास तातो पानी , चिया सम्म पेटमा पर्न छोड्यो । तर बा ले छिमेकी छोरा हरु संगकहिलै एक चुस्की चियाको अपेक्षा गरेनन् छोरा बुहारीको इज्जत जाला भनेर । ………..
कुनै दिन हाँसी मजाकमा बुहारी सङ्ग एक बचन हासेर बोल्दा बुहारीले , ससुरा को चरीत्र हत्या आफ्नै श्रीमान सँग कृतृम गुनासो गाइन् । लाचार बुढा बा आफ्नै सन्तान को अबिस्वास र दोसी नजरमा परे तर पनि कसैसँग कुनै स्पस्टिकरण दिएनन् , त्यस दिन जुन दिन बा लाई जिउदै मारेको थियो , आफ्नै सन्तान को बचन ले ! बा चुपचाप सहिरहे पृथिबी बनेर । आमा हुदी हुन त सायद आत्महत्या गर्दी हुन सहन नसकेर बिचारा बा !
…..कुनै सन्तान लाई अन्तिम झल्को सम्म देख्न नदिइ सायदतिनीहरुको लागी सबै भन्दा प्रायस्चित तेही थियो होला ।
आज ति छोरा बा बनी रहेका छन र बुहारी आमा धर्ती गोलो छ एक न एक दिन सबैको पालो आउँछ त्यसैले बा आमालाई माया सम्मान जिउँदो हुँदा गरौ , ता कि आफ्ना सन्ततिले त्यहि ममतालाई बुझेर भबिस्यमा आफु प्रती कर्तब्यपरायण बन्न सकुन । न कि आफुले आफ्ना जन्म दाता प्रती गरेको गलत ब्यबहार र घृणा को सिकार भबिस्यमा आफ्नै सन्तान बाट बन्न नपरोस ।
निरु न्यौपाने ज्यु बाट प्राप्त कथा लाई आवाजका माध्यम बाट सुन्नका लागि तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com