” न घर भयो न थर भयो “

न घर भयो न थर भयो !
आखिर जिन्दगी खन्ड हर भयो !!

थोरै आशा थियो झुल्के घामको !
चर्कियो यसरी कि मन जर्जर भयो !!

न लगाउनु माया लगाइ सकेपछी !
हो बिश्वास कहाँनिर धरमर भयो !!

यो मन र त्यो मन को दुरी कती होला !
न देख्दा नजरले आत हरहर भयो !!

फर्किनी आशा थियो तर फर्किएन !
परखाई मै यो मन चरचर भयो !

निरु न्यौपाने