आउ अब संगै बसौ कति पर सर्छौ काली !
भित्री मनले माया गरी किन आँखा तर्छौ काली !!
एकान्तमा मेरै फोटो चुम्छौ अरे घरी घरी !
देखावटी मात्रै हो की साँच्चै माया गर्छौ काली !!
एक्लै कतै भेट हुँदा बोलुँ बोलुँ जस्तो गरी !
नजिकमा आउछौ अनि मिठो मुस्कान छर्छौ काली !!
रिसाए झै गर्छौ र नि चुरा भाँची माया नाप्छौ !
झिम झिम गर्ने परेलीले मेरो मन हर्छौ काली !!
ढुकुरका जोडी जस्तै डाली तीर बस्यौँ अब !
रुदै रुदै सधै तिमी कती बेसी झर्छौ काली !!
गणेश चौलगाई
बिन्द्रासैनी -४
डाडाखर्क ; दैलेख
हाल : बल्खु काठ्माण्डौ
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com