” सप्तरङ्गी सजाएर पर्खेर बस्ने प्यारी बहिनी छैन “

सप्तरङ्गी सजाएर पर्खेर बस्ने प्यारी बहिनी छैन !
के जानु घर मखमली र सयपत्री गास्ने प्यारी बहिनी छैन !!

झिलिमिली तिहार सबै तिर छाउँदा रुन्छ यो मन !
अरूको झै दियो जस्तै बल्दै हास्ने प्यारी बहिनी छैन !!

कस्तो अभागि म सँधै खाली निधार बस्नु पर्ने !
मेरो पनि तानेर यो हात राखि कस्ने प्यारी बहिनी छैन !!

पंन्चे बाजा र नौमति संगै नौ डाँडा कटाए पनि मैले !
यो दु:खी माईती सम्झी संघारमा पस्ने प्यारी बहिनी छैन !!

चाहाना लामा
नगरकोट+ माल्दिभस