आफ्ना श्रोता तथा दर्शकहरुले कुनै कार्यक्रममा जाँदा गरेको सम्मानले छक्क पर्छु (मौसम गुरुङ)

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गित संगीतको क्षेत्रमा आफ्नो जिबन समर्पित गरेका गायक मौसम गुरुंगले नेपाली गित संगीत प्रेमी श्रोता तथा दर्शकहरुका लागि क्रमस उत्कृष्ठ गित संगीत पस्किरहेका छन् ।
बिशेष गरी मार्मिक गीतहरु बाट आफ्नो पहिचान बनाउन सफल उनि धेरै संगीत प्रेमीहरुको आँखा बाट आँशु झार्दिने दोषी बनेका छन् , वास्तब मै कलाकारको खुबी भनेको पनि यहि जस्तो लाग्छ , किन कि आफ्नै लोक पनले पनि कयौं नेपालीहरुको आँशु झरेको हुन्छ , जुन भाकाले आफ्नै समाज बोलेका हुन्छन् ।
आज हामी उनी बहुचर्चित गायक मौसम गुरुङ संग अन्तरंग कुराकानी गर्दैछौं ।
मौसम जी यहाँलाई संगीत सरोबर डट कम को यो अन्तर्वार्ता बिशेष पृष्ठका लागि स्वागत छ ।
धन्यवाद !
जन्म मिति ?
मेरो जन्म मिति २०४० मंगसिर-२२ गते हो ।
थाई ठेगाना ?
गोर्खा जिल्ला फुजेल ग,बि.स वार्ड न.२ पुरानो गाउँ
अस्थाई ठेगाना ?
नयाँ बजार काठमाडौँ ।
बाल्यकाल कता र कसरी बित्यो ?
भो नभनम होला धेरै दुख कष्टका साथमा मेरो बाल्यकाल बित्यो , यस्ता दुख बाहिर ल्याउंदा अबको लोक सांगीतिक क्षेत्रमा लाग्ने नयाँ पिंडीहरुले हरेस खान सक्नु हुन्छ ।
परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
८ जनाको परिवार छुन ।
गित संगीतको क्षेत्रमा लाग्ने सोच कसरी बन्यो र कहिले बाट सुभारम्भ भयो ?
म सानै देखि गीत संगीत भनेसी हुरुक्कै हुने , कतै मादल बजेको सुन्नै नहुने , रात हो या दिन घाम हो या पानी केहि नभनी दौडीहाल्ने अनि हामी गुरुङ मगर को गाउँ नै अलि रमाइलो गर्ने अनि रोधी बस्ने चलन हुन्छ जात्रा मात्रा गर्ने गरिन्छ र सबैले भन्थे मिठो स्वर छ , क्यासेट मा गीत गाउनु भनेर सबैले भन्ने गर्नु हुन्थ्यो र म पनि त्यस्तो हुन पाएत संसार जित्थें भन्दै निकु उत्सुकता यस क्षेत्र प्रति राख्थें , सोहो कारण पनि सानै देखि स्कुलको कार्यक्रमहरुमा पनि गीत गाउनमा अगाडि नै थिएँ र धेरै पुरस्कार पनि जितेको थिएँ त्यतिबेला अवार्डको स्वरूप चिया खाने कप अनि चना खाने प्लेट पाउने गर्दथ्यौं र सबैको हौसला पनि मिलेको हुनाले गाउँको रहन सहन रोधिलाई नै लिएर गीत संगीत मा लाग्ने सोच बनाएको हुँ ।
यहाँ द्वारा स्वर बद्ध गित मध्ये आफुलाई मौसम गुरुङ भनेर चिनाउने गित कुन हो ?
खोलि छेकेर ।
यो गितले त धेरै शुभचिन्तक बटुल्नु भयो है ?
हजुर हजुर हरु जस्तै संचारकर्मी मेडियाकर्मिको पनि ठुलो हात छ , मेरो गीत श्रोता दर्सकले मन पराउनुमा ।आफ्न श्रोता तथा दर्शक हरुको रति कत्तिको फोन आउछ आउछ ?
हजुर टन्नै आउछ र हौसला दिनु हुन्छ म आम श्रोता तथा दर्शकको कलाकार हुन् त्यसैले उहाँहरुको फोन आउँदा झन् नयाँ नयाँ सिर्जना लिएर आउन आतुर हुन्छु ।
तपाई बिबाहित हो ?
हजुर बिबाहित हु ।
यसरी कला क्षेत्रमा अगाडी बढिरहेको मान्छेलाई राती-राती आफ्ना सुभचिन्तक बाट फोन आइरहँदा गृह मन्त्रीको प्रतिक्रिया कस्तो आउछ ?
हजुर पहिला पहिला अलि रिसाउँ थिन् तर अहिले त मेरा हरेक सांगीतिक क्रियाकलापमा उनको पनि सहमत छ त्यसैले रिसाउँदिनन् किनकि मैले पनि केहि कुरा पनि ढाटदिन ।
गायक मौसम गुरुङको त केटा भन्दा केटि फ्यानहरु धेरै छन् रे है ?
हा हा हा हा होइन त्यतिसारो त, मलाई केटा केटि दुबैले मेरो कला गलामा मायाँ गर्नुहुन्छ ।
गीत संगीतको क्षेत्रमा प्रवेश गरिसके पछि बिचको समयमा परदेशिनु भयो के को लागि ?
हजुर त्यति बेला म संग एल्बम गर्ने पैसा थिएन र त्यो कारणले पनि एल्बम गर्ने कुरा भएन र घरकै स्थितिले पनि म बर्ष जापान गएको थिएँ , यो समस्या मेरो मात्र होइन , अहिले परदेश हुनुहुने आम नेपालीहरुको यथार्थता हो ।
उता जापानको बसाइमा सायद दाम पनि राम्रै हुन्थ्यो होला , नेपाली गित संगीतको क्षेत्र दिन प्रतिदिन खस्किंदो अवस्थामा रहेको छ फेरि यो क्षेत्रमा के देख्नु भयो र यहाँको पुनर आगमन भयो ?
होइन मेरो मनमा जैले यही झल्किरहन्थ्यो कि एउटा एल्बम त जसरी पनि गर्छु भन्ने ठुलो सपना थियो र जापान बाट फर्केसी अलि अलि गीत गर्ने पैसा छुट्टयाएको थिएँ , फलस्वरूप खोलि छेकेर गीति एल्बम निकालें र सोचेको भन्दा पनि दर्सक स्रोतको माया पाउन सफल भएँ साथमा त्यो समय देखि अर्को गीत गर्ने हौसला मिल्यो र त्यसैले अहिले यो स्थानमा छु यो सबै दर्सक स्रोतको मायाँले नै गर्दा हो ।
बिबाहित हुँदा र नहुँदाका सांगीतिक क्षेत्रका यात्रालाइ अगाडी बढाउन सहज असहज परिस्थिति ?
खै बिबाह अगाडी गीत गर्ने स्थिति थिएन बिहे पछी हो , राम्ररी गीत संगीत क्षेत्रमा अगाडी बढिरहेको छु थप आफ्नो जिबन संगिनी बाट साथ पाएको छु ।
अन्य घर परिवारको तर्फबाट तपाईं गित संगीतमा लाग्दाखेरीका साथ सहयोग कस्तो छ ?
मैले जे काम गर्छु सबै परिवार को हितको लागि गर्छु , कैले पनि आफ्नो घर परिवारको नकारात्मक प्रतिक्रिया पाएको छैन , मलाई मेरो घर परिवारको साथ र सहायो नभएको भए आज मौसम गुरुङ जापान मै संघर्ष गरिरहेको हुन्थ्यो होला ।
हरेक दिनको दैनिकी सुरुवात कसरी हुन्छ ?
बिहान मर्निङ्ग वाक जान्छु , अनि फर्केर आउंछु , चिया नास्ता लिन्छु , नुवाऊछु अनि अफिस जान्छु ।
पहिलो गीत कुन गाउनु भएको थियो ?
फेवातालैमा मा हरेस खाइसके मायाँ जालैमा ।
पहिलो पटक गित गाउन स्टुडियो छिर्दाका अनुभूति कस्ता हुँदा रहेछन ?
एकदमै डर लागेको थियो अगाडी अग्रजहरु देख्दा कामेर स्वर नै निस्किँदैन थियो ,अहिले त् जति धेरै मान्छे भयो त्यति गाउन सहज हुन्छ ।
अहिले सम्मको गित कति वटा भए ?
भयो होला ४० ओटा जति आउनेक्रम को छ १५ ओटा जति
यो क्षेत्रमा लाग्न प्रेरित गर्ने व्यक्तिको नाम ?
दिलु गुरुङ र डम्मर बहादुर गुरुङ जो मेरो बाबा आमा
अहिले आफुले गाएको गीतहरु बाट धेरै श्रोता दर्शक माझ गायक मौसम गुरुङ भनेर परिचित भैरहंदा कस्तो महसुस हुन्छ ?
खै क भनम कैले काही त यो साच्चिकै होर जस्तो लाग्छ सपना झैँ लाग्छ , मेरो स्वर पनि त्यस्तो मिठो छ र ?मैले त्यस्तो मिठो गाउन सक्छुर ? भन्या झैँ लाग्छ , मैले गाएको गीत अनि सिर्जना गरेको गीतको तारिफ देखेर कतै जाँदा आफ्ना श्रोता तथा दर्शकहरुले लौन के नै आए झैँ गर्नु हुन्छ , छक्कै पर्छु ।
आफु द्वारा स्व बद्ध गित अथवा रचित गित मध्ये आफैलाई अत्यधिक मन पर्ने गित कुन हो ?
एउटा राम्रो बाटो देखाई देऊ , जुन गीत गाउँदा आफै भाबुक भएको थिएँ त्यो गीत सुन्दा आज पनि भाबुक हुन्छु खै किन किन ।
गित संगीतको क्षेत्र बाट पाएको सम्मान तथा अवार्ड ?
मनोनित त धेरै भए ,, धेरै संघ सस्थाबाट सम्मान , राष्ट्रिय अवार्डहरु चाही ६ ओटा प्राप्त गरेको छु ।
तपाईं त बेला बखत जापान गहिरहनु हुन्छ , प्रबासमा रहनुहुने गित संगीत प्रेमी श्रोता दर्शकहरु बाट नेपाली गित संगीतको बारेमा कस्तो किसिमको प्रतिक्रिया पाउनु भयो ? साथै प्रबासी हरुले बेसेश गरी कस्ता गीतहरु मन पराउदा रहेछन ?
होइन म आफ्नै काम कारणले जाने हो , त्यति नेपाली दाजु भाईहरु संग भेट घाट हुँदैन र म त्यहाँ गएको बेलामा नेपाली कार्यक्रमहरु छन् भने हेर्न जान्छु , सबैले स्टेज गएर गाउँन अनुरोध गर्नु हुन्छ तर गयको चाही छैन अब चाहिं गाउने रहर छ किनकि नेपाल बाट जानु भएको दाजु भाई दिदी बहिनि हरुको प्रस्तुति हेर्न र सुन्न नै रमाइलो लाग्ने हुनाले र विदेशमा रहनु हुने दाजु भाई दिदि बहिनिहरुले खै आफुले रुनेखाल्को गीत गाएर होकी हामी प्रदेशी लाई हजुरको जस्तो गीत एकदमै पर्छ गाउँको परिवारको याद भुलाउछ , भन्ने खालको कुरा गर्नु हुन्छ ।
नेपाली गित संगीतको बजारको अहिले धरासाही स्थितिले यहाँले आफ्नो सांगीतिक भबिस्य कस्तो देख्नु भएको छ ?
खै के भनम र आफ्नो देश नै यो स्थितिमा छ झन् गीत संगीतको त भबिस्यको बारेमा सोच्नै सक्दिन आफुले सकुन्जेल सम्म भ्याए सम्म , गीत संगीत लाई निरन्तरता दिने सोचमा छु ।
गित संगीतको क्षेत्र यसरी तल पर्नुमा दोषी को हो र यसलाई उच्च स्थानमा पुर्याउनका निमित्त कुन तह र तप्का बाट कमजोरी भएको छ ?
सर्बप्रथम त राज्यलाई.नै दोष दिन्छु र हामी कलाकार पनि हौँ , किन कि एकले अर्कालाई खुट्टा तान्ने प्रविधिले गर्दा अगाडी बढ्न नसकेको झैँ लाग्छ , हामी मिलेर अगाडी बढ्ने हो भने राम्रो हुन्थ्यो झैँ लाग्छ ।
यो क्षेत्रको श्रीबिद्धिको लागि राज्यको भूमिका कस्तो रहनु पर्छ ?
हामी कलाकारलाई देशको गहना को नाम रुपमा होइन कि राष्ट्रको अमुल्य अंगको रुपमा देशले लिनु जरुरी छ ।
मिडियाको भूमिका ?
मेडियाको भूमिका पैसामा बिक्ने होइन की हाम्रालाई भन्दानी राम्रा लाई हौसला र साथ दिन जरुरी देखिन्छ । नेपाली गित संगीत हितको निमित्त हाम्रो अनलाइन संगीत सरोबर डट कम को भूमिका कस्तो रहनु पर्छ ?
अगी पनि भने मैले हाम्रालाई भन्दा पनि राम्रा लाई हौसला अनि साथ दिनु होला र गीत संगीत सधै राम्रो भएर अगाडी बढ्ने छ यसमा यो अनलाइन पत्रिकाको महत्वपुर्ण भूमिका हुनेछ भन्ने मैले विश्वास गरेकोछु ।
भाग्य र कर्ममा विश्वास बढी कुन गर्नु हुन्छ ?
कर्म लाई भाग्यले दिएपनि कर्म नगरे हुन्न क्यारे , आफै बुझ्नुस् ।
अन्तमा हाम्रा पाठकहरुलाई छुटेका कुरा केहि कुरा भन्न चाहनु हुन्छ ?
छैन सबै मनको कुरा राख्न पाउंदा एकदमै खुसि छु , फेरी फेरी पनि यसरी आफ्नो मनको कुराहरु राख्न पाउं ।
धन्यवाद हामीलाई यहाँको महत्वपुर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
यहाँ हरुलाई पनि हृदय देखि धन्यावाद ।

गायक मौसम गुरुङलाई भाबुक बनाउने ” एउटा राम्रो बाटो देखाई देउ बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।