सबै सँग सजिलो लाग्छ-ऋतु तामाङ्ग

काठमाडौँ जेष्ठ १२ – धादिंग निलकण्ठ न.पा. वडा नं. १४ निवासी आमा ख्यालमाया तामाङ्ग र बुवा जित बहादुर तामाङ्गको कोखबाट जन्मिएकी अहिलेकी ब्यस्त गायिका एबम् मोडल हुन रितु तामाङ्ग । उनले तामाङ्ग, सेलो, दोहोरी, तिज गीतहरुमा स्वर दिई सकेकी छिन् । ६, ७ दर्जन गीतमा स्वर दिई सकेकी छिन् भने ४ दर्जन जति गीतमा अभिनय गरेकी छिन् । २०७० साल देखी सांगीतीक क्षेत्रमा प्रवेश गरेकी रितु पधेरीको पानीबाट औपचारिक रुपमा प्रबेश गरेकी हुन् । उनको स्वरमा रहेको गीत ज्यान माया धेरै दर्शक श्रोताले मन पराएका छन् । साथिभाई र अग्रजहरुको साथ सपोर्टले गर्दा यस क्षेत्रमा सहज भएको कुरा उनी बताउछिन् । उनै ब्यस्त गायिका एबम् मोडल रितु तामाङ्ग सँग हाम्रा संबाददाता प्रकाश बराईली “अभिब्यक्ती” ले लिएको अन्तरबार्ता जस्ताको त्यस्तै ।

१. आजकल के मा ब्यस्त हुनुहुन्छ ?
आजकल गीत संगीत र स्टेजमा ब्यस्त छु ।

२. खाली समय कसरी बिताउनु हुन्छ ?
खाली समय साथीभाई सँग भेटघाट गर्ने गर्छु र हल्का गीत सुन्ने हेर्ने गर्छु ।
३. हाल सम्म कुन कुन देश जानु भएको छ ?
हाल सम्म भन्नु पर्दा कार्यक्रम कै शिलशिलामा मलेसिया र दुबईमा २, २ पटक र मुम्बईमा १ पटक गएको छुु ।

४, तपाईको सानै देखीको रुची के हो ?
मेरो सानै देखीको रुची मोडल बन्ने हो तर अहिले गायन र स्टेज कार्यक्रममा ब्यस्त छु ।

५, तपाईका आगामी योजना के के छन् ?
यही क्षेत्रलाई निरन्तरता दिने अब आउने तिज गीत र फिल्को गीतको प्रोमोशनमा लाग्ने योजना छ ।

६, अहिले सम्म काम गर्दा सजिलो को सँग भयो ?
सबै सँग सजिलो लाग्छ । अहिले सम्म राम्रै छ ।

७, प्रेम प्रस्तावहरु कत्तिको आउछन् ?
हाहाहा…हल्का फुल्का आईरहन्छन् ।

८, बिहेको बारेमा के योजना छ ?
अहिले बिहे गर्ने सोचमा छैन । पहिला आफ्नो खुट्टामा उभिने अनि बिहे गर्ने सोंच छ । तर भने जस्तो केटा पाएसी भन्न सकिन्न ।

९, कस्तो केटा पाएसी बिहे गर्नुहुन्छ ?
मेरो भावना बुझ्ने र गीत संगीतलाई माया गर्ने केटा भए पुग्छ ।

१०, हालको सांगीतीक क्षेत्रलाई कसरी मुल्यांकन गर्नु भएको छ ?
सांगीतीक क्षेत्रमा राम्रो प्रबिधीको बिकाश भैरहेको छ । तर छाडापनले प्रशय पाईरहेको छ ।

११, नव आगन्तुक कलाकारहरुलाई के भन्नुहुन्छ ?
आफु भित्र भएको कला प्रदर्शन गर्नुहोला र केही सिकेर आउदा राम्रो हुनेछ भन्न चाहन्छु ।

१२, अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?
हजुरहरु कै माया ममताले यो क्षेत्रमा टिकेको छु । मेरा गीतहरुलाई माया गरिदिनुहोला । हजुरहरुको माया बिना मेरो सांगीतीक क्षेत्र अधुरो छ । मेरा केही कमी कमजोरी भएमा सल्लाह सुझाव पनि दिनुहोला भन्न चाहन्छु ।