आयो भन्छन सबैजना दसै तिहार आयो अरे

आयो भन्छन सबैजना दसै तिहार आयो अरे

आयो भन्छन सबैजना दसै तिहार आयो अरे !
गाउँघरमा खुसियाली लहर छायो अरे !!

धन हुनेलाइ दसैं तिहार भनेजस्तै हुन्छ यहाँ !
भोका नांगा गरिबको त मन रोयो अरे !!

भनी देउन दुर्गा माता हाम्रो दसै कहिले आउने !
टीका अनि जमरा हाम्ले कहिले लाउन पाउने !!

जताततै खुसियाली हसिला छन अनुहार !
हाम्रो भाग्य केभो माता कालो बादल सदाबहार !!

फुलि सके मखमल्ली फुलिसके सयपत्री !
हाम्रो भागमा लक्ष्मी माता किन सधैं दुख मात्रै !!

बाहिर हेर्दा झिलिमिली खुसियाली छायो अरे !
भित्र भित्रै गरिबको मन खायो अरे !!

आयो भन्छन सबैजना दसै तिहार आयो अरे !
गाउँघरमा खुसियाली लहर छायो अरे !!

धनी गरिब जस्को पनि एउटै हुन्छ भावना !
दसैं तिहार आयो भन्छन छ है शुभकामना !!

प्रकाश पौडेल सायद
बाणगंगा न:पा १ उप्टहवा कपिलवस्तु
हाल :- दोहा कतार