” कहिल्यै आउने भएन आमा प्रदेशिको दसैं तिहार “
टीका अनि जमरा लाउन आमा थियो रहर !
कहिल्यै आउने भएन आमा प्रदेशिको दसैं तिहार !!
सबै संगै साथ बसेर रमाउन मन थियो आमा !
प्रदेशमै जीवन बित्नेभयो रैछ आमा एस्तै प्रहर !!
साथी भाइ फर्के होलान् छोडी प्रदेश अनि शहर !
मलाइ पनि मन छ आमा फर्की आउन आफ्नै गाउँघर !!
पोहोर साल नि दसैं तिहार गयो आमा टीका नलाइ !
यसपालि त मनाउन मन थियो आमा दसैं तिहार !!
घरपरिवार नै छोड्नु पर्ने दसैं तिहार के नै होर !
पैसा मात्रै ठुलो आमा कलियुगमा एस्तै प्रहर !!
प्रदेश मै ज्यान जानेहोकी लाग्छ आमा यहि कहर !
अब कहिल्यै मनाउन आमा पाउदिनकि दसैं तिहार !!
प्रकाश पौडेल सायद
बाणगंगा न:पा १ उप्टहवा कपिलवस्तु
हाल :- दोहा कतार
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com