संगीत सरोबर काठमाडौँ अशोज १३ । नेपाली संगीत क्षेत्रमा महिला निर्देशकको सङख्या नगन्य मात्रामा रहेको छ । यसै माझँमा लोकप्रिय बन्न सफल बन्न भएकी छिन् प्रियसी म्युजिक प्राली की संचालिका तथा भिडियो निर्देश बबिता श्रेष्ठ । बिगत ४ बर्ष देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जागँरका साथ आएकी उनि मनमा आटँ र काममा लगनशिलता भएको खण्डमा सवैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने बताउछिन ।
४ बर्ष अगार्डी परदेशी चेली ’ बाट उनले निर्देशनको यात्रा थालनी गरेकी हुन् । समाजबाट माथी उठेर पनि हाल सम्म कला क्षेत्रमा उनि निरन्तर रुपमा लागी रहेकी छिन् । नलाउ झुटो पिरती ’ विदुवा , सिँदुर पोते , नलाउ झुटो पिरती भाग दुई उनिद्धारा निर्देशित गितहरु बजारमा लोकप्रिय हुन सफल गित हुन । अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेको निर्देशिका बविता श्रेष्ठले जानकारी दिएकी छिन् । नेपालको सांगीतिक क्षेत्र दिन प्रति दिन धरासाही बन्दै गैरहेको यो अवस्थामा पनि निरन्तर रुपमा अगाडि बढेर कला क्षेत्रमा महिला निर्देशकको छवि राम्रो बनाउनुपर्छ भन्ने जागँर उनिमा रहेको छ ।
कठिन परिस्थितिमा समेत समाना गदै अगाडि बढेकी बविता प्रति हामी संचारकर्मीहरुले उनको कामको कदर एवम् लगनशिलताको सलाम प्रकट गर्नै पर्छ । किन कि उनीहरुको खाइ नखाई यस क्षेत्र प्रतिको लगानीले सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाईरहेको छ । सोहि अनुरुप , हामीले पनि यस्तो देशको गहना जस्तो महिला सफल लाई यथास्थितिमा राख्नु पर्छ भन्ने उध्यस्यले उनै निर्देशक संगको सहकर्मि साथी रोशन पोखरेल ले गर्नुभएको अन्तरङ्ग कुराकानी प्रकासन गरेका छौं ।
आजकाल के गदै हुनुहुन्छ ?
म काठमान्डौको अनामनगरमा रहेको प्रियसी म्युजिक प्रालीमा आबब्द रहेको छु , साथै विभिन्न म्युजिक भिडियोको निर्देशनको काममा सक्रिय भै रहेको छु । विगत ४ वर्षदेखी
कलाकारितामा धेरै क्षेत्रहरु छन तरपनि तपाई निर्देशनमा नै चै कसरी प्रवेश गनुभयो नी ?
म सानै उमेरदेखी अलिक भिन्न काम गर्नको लागी प्रयास गर्ने स्वाभाव म मा रहेको थियो , त्यसैले महिले पहिलो पल्ट संगितिक क्षेत्रमा भिडियो निर्देशन गर्ने सोच गदैँ म यसमा सक्रिय हुन थाले ।
तपाईको बाल्यकाल कहाँ वित्यो नी ?
पाटन पुल्चोकमा नै मेरो घरैमा मेरो बाल्यकाल बित्यो , जे होस खुसी साथ बिताए मैले मेरो बाल्यकाल । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित संगितमा गाउने गर्थे ।
परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
५ जना दाजु भाई दिदि वहिनी छौ हामी ।
खासमा संगितक क्षेत्रमा महिला निर्देशक कम भै रहेको अवस्थामा यस कर्म प्रति तपाईको निर्देशन यात्रा कसरी सुरु भयो ?
म यस कर्ममा लाग्ने सोच सानै देखी रहेको थियो , अवसर पाइरहेको थिइन , कतिपय म्युजिक भिडियो निर्देशन गरेको सहकर्मी साथीहरुले गर्दा खेरी आफनो मनमा पनि उहाँहरुभन्दा म पनि फरक तरिकाले उहाँहरु सरह काम गर्न सक्छु की भन्ने सोचले गर्दा म यस क्षेत्रमा आएकी हुँ र हाल सम्म सफल पनि रहेको छु ।
आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । जुन कामबाट महिले एउटा सफल काम गर्ने बातावरण सिर्जना पाएको छु , अग्रज कलाकार गायक गायिका , सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्गनिर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ ।
समाजले तपाईलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
यसरी निर्देशन क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा समाजले आफुप्रति हेर्ने दुष्टिकोणमा फरक पाएको छु , महिला भएपछि घरायसी काममा मात्र सिमित नरहेर समग्र आफनो काममा पनि सक्रिय रहेको भनेर सवैले प्रसंसा गर्दा खुशी लाग्छ ।
अन्य घरपरिवारको तर्फबाट तपाइँ यो क्षेत्रमा लाग्दाखेरिका साथ सहयोग कस्तो छ रु
ठिकै छ । सवैजनाले सपोट गर्नुहुन्छ ।
हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ रु
म विहान उठने वितिकै आफनो नित्क कर्ममा लाग्छु त्यसपछि खाना खाएर अफिस प्रियसी म्युजिक जान्छुँ , अधिकास समय म भिडियो निर्देशनमा नै व्यस्त हुन्छु ।
कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ , हामिमै एकता छैन , दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यब्स्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन । अर्को कुरा महिला भनेपछि हामीलाई होच्याउने महिलाले त गरेको काम त हो नी राम्रो हुदैन भन्न मानसिकता अधिकाशमा रहेको छ , त्यसकुरालाई गलत हो भन्ने कुरालाई पुष्टि गर्नको लागी नै लागी परिरहेको छु ।
मिडियाको भुमिका हरु कस्तो हुनु पर्दछ ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हाैसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ । अझ हामी पर्दा पछाडि काम गर्ने कलाकारलाई त उचित स्थानमा हामीले गरेको कामलाई सवै माझँमा पुयाउनुपर्छ
भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । भन्ने विचार म मा रहेको छ ।
अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ रु
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , म जस्तो निर्देशकलाई समेत तपाईले यो स्थान सम्म ल्याउनको सहयोग पुयाउनुहुने सम्पुर्ण मेरा पाठक , श्रोता , सहकर्मि साथी साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सवै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु ।
धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।
बविता श्रेष्ठद्वारा निर्देशित एक म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com