जिन्दगी छ औंसीको रात जुन का कुरा नगरौ भो-गणेश चौलागाई

जिन्दगी छ औंसीको रात जुन का कुरा नगरौ भो !
बिस्वास घाती दुनियामा गुन का कुरा नगरौँ भो !!

सम्भाबना देखिदैन आफ्नो पन भेटाउनि !
मुरली र सारङ्गिको धुन का कुरा नगरौँ भो !!

पिरतिको प्रचार गर्दै हिंड्ने मनहरुनी भेटेको छु !
बजार साह्रै महँगो छ सुन का कुरा नगरौँ भो !!

मिठो अतित गुमायका यहाँ पनि धेरै होलान् !
मेरो तितो वर्तमान मा उन का कुरा नगरौँ भो !!

गणेश चौलागाई