” म यस्तै छु बैरागी, गाली देऊ ठिकै छ “

म यस्तै छु बैरागी, गाली देऊ ठिकै छ !

म यस्तै छु बैरागी, गाली देऊ ठिकै छ !
घृणाको नजरले, ताली देऊ ठिकै छ !!
जानिन मैले, तिमी झैं बन्न !
खाडल नै खनी, हाली देऊ ठिकै छ !!
खस्दै छु जीवनमा, हावामा बेहोस भै !
भाचिएको सानो, डाली देऊ ठिकै छ !!
भोको छु म, तिम्रो त्यो मनको !
पारेर प्वाल, थाली देऊ ठिकै छ !!
चाहन्नौ भने, नजरमा मलाई !
दुई टुक्रा पारी, फाली देऊ ठिकै छ !!

सरोज कुमार नेपाल
काभ्रे पलान्चोक नेपाल