” मध्य रातमा मेरो देश चिच्याएको देखें “

” मध्य रातमा मेरो देश चिच्याएको देखें “

मध्य रातमा मेरो देश चिच्याएको देखें !
लुट्न भनी देश द्रोही पिच्छाएको देखें !!
आफ्नैले नै लुट्दै रैछन मेरो देश नेपाललाइ !
पराइले रमाइ रमाइ गिज्याएको देखें !!
नदि नाला देशको भुमी बेची सके सबै यिनले !
भ्रष्टाचारि हरुले देश सिद्ध्याएको देखें !!
जलस्रोतको दोस्रो धनी हाम्रो देश नेपाल !
जनता प्यासमा पानी नपाइ मुर्छाएको देखें !!
मध्य रातमा मेरो देश चिच्याएको देखें !
लुट्न भनी देश द्रोही पिच्छाएको देखें !!
छैन देशको माया इन्लाइ कुर्सी मात्र प्यारो लाग्ने !
बेरोजगार देशमा युवा रित्तिएको देखे !!
जाती धर्म जुधाएर लुट्दै रैछन देश यहाँ !
पराइले मौकामा जाल बिच्छाएको देखें !!
छोडी देउ बाच्न देउ भन्दै थियो मेरो देश !
जनता देशको चीत्कार सुन्दा मिच्छाएको देखें !!
रोएको छ आज देश जनताले नै बेवास्ता गर्दा !
आँसु भल बगाउदै देश चिच्याएको देखें !!
मध्य रातमा मेरो देश चिच्याएको देखें !
लुट्न भनी देश द्रोही पिच्छाएको देखें !!

प्रकाश पौडेल
बाणगंगा न:पा 1 कपिलवस्तु उप्टहवा
हाल दोहा कतार